न्यायालयको अन्योल हटाउन प्रेस र बारको मुख्य भूमिका : प्रधानन्यायाधीश कार्की
काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एशोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायालयमा रहेको नेतृत्वको अन्योल हटेको बताएका छन् ।
सर्वोच्च अदालत लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको नेतृत्वको भरमा चल्नुपरेको कारण न्यायिक काम कारबाहीलाई प्रभावित बनाएको उल्लेख गर्दै उनले अदालतको स्वतन्त्रतालाई जोगाइराख्न प्रेस जगतले अतुलनीय सक्रियता देखाएको बताए ।
प्रेस काउन्सिल नेपालको टोलीसँग मङगलबार उनले प्रेस जगत र बार एशोसिएसन प्रधानन्यायाधीश नियुक्तिका लागि नलडेको भए आजको दिन आउन मुस्किल पर्ने भन्दै आफूले उक्त पक्षलाई कहिले भुल्न नसक्ने समेत बताए ।
‘मैले कानुनव्यवसाय गर्दा होस् या मानवाधिकारकर्मीका रुपमा काम गर्दा प्रेस र बारको अधिकारका लागि लडेको थिएँ । अहिले प्रेस र बारबाटै रिवार्ड पाएको छु’ प्रधानन्यायाधीश कार्कीले भने, मेरो छोटो कार्यकाल छ, तर पनि प्रेस स्वतन्त्रताका लागि अझै आफ्नो भूमिका आइपरे सोका लागि प्रतिबद्ध छु ।’
प्रधानन्यायाधीशको च्याम्बर सर्वोच्च अदालतमा भएको शुभकामना भेटघाट कार्यक्रममा कार्कीले छोटो समय भएपनि आफ्नो कार्यकालमा न्यायिक स्वच्छता कायम राख्न उल्लेखनीय कदम चाल्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण