टाइटनमा सवार पाकिस्तान अर्बपति दाउद र उनका छोराको मृत्युबारे परिवारले के भन्यो ?
एट्लान्टिक महासागरमा सन् १९१२ मा डुबेको टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी टाइटानमा सवार सबै पाँच जनाको मृत्यु भएको छ ।
यो पनडुब्बीमा सवार पाँच यात्रीमध्ये पाकिस्तानी मूलका अर्बपति कारोबारी शहजादा दाउद र उनका छोरा सुलेमान दाउदको मृत्युपछि उनको परिवारले आफूहरू पिता–पुत्रप्रति विश्वभरिका मानिसको भावना र समर्थनले अभिभूत भएको बताएका छन् ।
टाइटनमा सवार पाँच जनामध्ये पिता–पुत्र शहजादा र सुलेमान दाउदको परिवारले उनीहरूको निधनमा शोक व्यक्त गरेका छन् ।
शहजादा दाउद ४८ वर्षका थिए भने उनका छोरा सुलेमान १९ वर्षका थिए ।
बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश पनि टाइटनमा सवार थिए ।
शहजादा दाउद पाकिस्तानको ठुलो व्यापारिक घरानाका सदस्य थिए । उनी बेलायतको प्रिन्स ट्रस्ट च्यारिटीको बोर्ड सदस्य पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण