सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त छैनन् : सुमना श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त नभएको बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग उनले सो कुरा बताइन् ।
सांसद श्रेष्ठले पश्चिम नेपालमा भूकम्प आउने खतरा विज्ञहरुलै औंल्याएपनि त्यसको बारेमा बजेटमा कुनै कार्यक्रम नआएको स्पष्ट पारिन् । उनले विपद् पोर्टल पालिका स्तरमा पु¥याउने कुरा बजेटमा उल्लेख भएपनि जनशक्तिको अभावमा कार्यान्वयन हुन सक्ने अवस्था नरहेको दाबी गरिन् ।
सांसद श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ कार्यक्रमलाई प्रभावकारी बनाउन, सशक्त बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण