टाइटान पनडुब्बी : समुद्रको गहिराइमा पानीको प्रेसरले तपाईंको ज्यान कसरी लिन सक्छ ?
समुद्रमा तपाईं जति गहिराइमा जानुहुन्छ माथिको पानीले तपाईंमाथि लगातार दबाब बढाउन थाल्छ । टाइटन पनडुब्बीमा विस्फोट के कति कारणले भयो भनेर विशेषज्ञले स्पष्ट जानकारी पाउन सकेका छैनन् तर विशेषज्ञका अनुसार यसको बाहिरी सतहमा केही साना कमजोरी भएका हुन सक्छन् ।
समुद्रको सतहमा पानीको जुन दबाब हुन्छ, त्यो लगभग प्रति इन्च ६.६ किलोसम्म हुन्छ । तर हरेक १० मिटरको गहिराइमा यो दबाब बढ्ने गर्छ ।
त्यसैले ३००० मिटरको गहिराइमा जहाँ टाइटन पनडुब्बी टाइटानिक जहाजको भग्नावशेष देखाउन पुगेको थियो, त्यहाँ पानीको दबाब समुद्रको माथिल्लो सतहको दबाबभन्दा ३०० गुणा बढी हुन्छ ।
टाइटानिक जहाजको भग्नावशेष जुन स्थानमा छ, त्यसलाई मिडनाइट जोन पनि भनिन्छ ।
यो स्थान ३,३०० फिटदेखि १३,१०० फिटको गहिराइ बीच कतै रहेको छ । त्यति गहिराइमा तापक्रम लगभग ४ डिग्री सेल्सियस हुन्छ ।
यति गहिराइमा करिब ४ डिग्री सेल्सियस भएको ठाउँमा एक दुई वटा समुद्री जीव मात्रै जीवित हुन सक्छन् ।
यिनीहरूले आफूलाई यति दबाब, अँध्यारो र चिसोमा बस्नका लागि ढालेका छन् । यी समुद्री जीवलाई सतहमा ल्याउने बित्तिकै मर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण