बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

टाइटान पनडुब्बी : समुद्रको गहिराइमा पानीको प्रेसरले तपाईंको ज्यान कसरी लिन सक्छ ?

शुक्रबार, ०८ असार २०८०, १५ : २३
शुक्रबार, ०८ असार २०८०

समुद्रमा तपाईं जति गहिराइमा जानुहुन्छ माथिको पानीले तपाईंमाथि लगातार दबाब बढाउन थाल्छ । टाइटन पनडुब्बीमा विस्फोट के कति कारणले भयो भनेर विशेषज्ञले स्पष्ट जानकारी पाउन सकेका छैनन् तर विशेषज्ञका अनुसार यसको बाहिरी सतहमा केही साना कमजोरी भएका हुन सक्छन् ।

समुद्रको सतहमा पानीको जुन दबाब हुन्छ, त्यो लगभग प्रति इन्च ६.६ किलोसम्म हुन्छ । तर हरेक १० मिटरको गहिराइमा यो दबाब बढ्ने गर्छ ।

त्यसैले ३००० मिटरको गहिराइमा जहाँ टाइटन पनडुब्बी टाइटानिक जहाजको भग्नावशेष देखाउन पुगेको थियो, त्यहाँ पानीको दबाब समुद्रको माथिल्लो सतहको दबाबभन्दा ३०० गुणा बढी हुन्छ ।

टाइटानिक जहाजको भग्नावशेष जुन स्थानमा छ, त्यसलाई मिडनाइट जोन पनि भनिन्छ ।

यो स्थान ३,३०० फिटदेखि १३,१०० फिटको गहिराइ बीच कतै रहेको छ । त्यति गहिराइमा तापक्रम लगभग ४ डिग्री सेल्सियस हुन्छ । 

यति गहिराइमा करिब ४ डिग्री सेल्सियस भएको ठाउँमा एक दुई वटा समुद्री जीव मात्रै जीवित हुन सक्छन् ।

यिनीहरूले आफूलाई यति दबाब, अँध्यारो र चिसोमा बस्नका लागि ढालेका छन् । यी समुद्री जीवलाई सतहमा ल्याउने बित्तिकै मर्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप