बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्सको बजेट ९.५ प्रतिशत बढ्यो

शुक्रबार, ०८ असार २०८०, २१ : ३३
शुक्रबार, ०८ असार २०८०

मनिला । फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ । 

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गर्नुभएको छ ।  यो बजेट सन् २०२३ को बजेटभन्दा ९.५ प्रतिशतले बढी हो । 

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २१.८ प्रतिशत बराबरको बजेटले महामारीको असर र मुद्रास्फीतिको असरलाई सम्बोधन गर्न आर्थिक र सामाजिक रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता झल्काउने बजेट मन्त्री अमेनाह पाङ्गन्डमानले बताए ।

पूर्वाधार परियोजना, मानव पुँजी विकास र दिगो कृषि तथा खाद्य सुरक्षामा लगानी गर्न तयार  रहेको हउँले बताए ।

पाङ्गन्डमानले बजेट घाटालाई जीडीपीको ३ प्रतिशतमा ल्याउने र सन् २०२८ सम्ममा गरिबी दरलाई एकल अङ्कमा घटाउने सरकारको लक्ष्यतर्फको “अपरिहार्य कदम“ भएको  पनि उद्घोष गरे । 

सरकारले प्रस्तावित बजेट विधेयक बन्नुअघि थप छलफलका लागि कांग्रेसमा पेस गर्ने पनि उनले बताए ।-(रासस–सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप