फिलिपिन्सको बजेट ९.५ प्रतिशत बढ्यो
मनिला । फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गर्नुभएको छ । यो बजेट सन् २०२३ को बजेटभन्दा ९.५ प्रतिशतले बढी हो ।
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २१.८ प्रतिशत बराबरको बजेटले महामारीको असर र मुद्रास्फीतिको असरलाई सम्बोधन गर्न आर्थिक र सामाजिक रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता झल्काउने बजेट मन्त्री अमेनाह पाङ्गन्डमानले बताए ।
पूर्वाधार परियोजना, मानव पुँजी विकास र दिगो कृषि तथा खाद्य सुरक्षामा लगानी गर्न तयार रहेको हउँले बताए ।
पाङ्गन्डमानले बजेट घाटालाई जीडीपीको ३ प्रतिशतमा ल्याउने र सन् २०२८ सम्ममा गरिबी दरलाई एकल अङ्कमा घटाउने सरकारको लक्ष्यतर्फको “अपरिहार्य कदम“ भएको पनि उद्घोष गरे ।
सरकारले प्रस्तावित बजेट विधेयक बन्नुअघि थप छलफलका लागि कांग्रेसमा पेस गर्ने पनि उनले बताए ।-(रासस–सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण