आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा अर्को रेल दुर्घटना, मालगाडीका १२ डिब्बा ट्र्याक बाहिर

आइतबार, १० असार २०८०, ११ : ०४
आइतबार, १० असार २०८०

आइतबार भारतमा अर्को रेल दुर्घटना भएको छ । पश्चिम बङ्गालको बांकुडा जिल्लामा आइतबार बिहान दुई मालगाडी एक आपसमा ठोक्किँदा कम्तीमा १२ वटा डिब्बा ट्र्याक बाहिर भएका छन् ।

यो दुर्घटना ओन्दा रेलवे स्टेसनमा भयो । यो जोडदार ठक्करले अघिल्लो महिना भएको कोरोमण्डल दुर्घटनाको याद दिलाएको छ । रेलवे स्रोतले यसबारे जानकारी दिएको हो ।

रेलवेका एक अधिकारीका अनुसार ओन्दा स्टेसनको लूप लाइनमा बान्कुडाबाट विष्णुपुर जाँदै गरेको एउटा मालगाडी रोकिएको थियो । यसै रुटमा पछाडिबाट आएको अर्को मालगाडीले त्यसलाई जोडदार तरिकाले ठक्कर हान्यो ।

यो ठक्कर यति बलियो थियो कि पछाडिको ट्रेनको इन्जिन पहिलो मालगाडीमा चढ्यो । जसका कारण १२ डिब्बा ट्र्याकबाहिर गए । रेलवे स्रोतका अनुसार एक चालकलाई हल्का चोट लागेको छ ।

यो दुर्घटनाका कारण बिजुलीको ओभर हेड तार टुटेको छ जसका कारण आद्रा–खडगपुर सेक्सनमा रेलको आवतजावत प्रभावित भएको छ ।

घटनास्थलमा पुगेका दक्षिण पूर्व रेलवेका डिभिजनल सेफ्टी अधिकारी दिवाकर माझीले ट्र्याकलाई हाल क्लियर गर्ने प्रयास गरिँदै छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप