भारतमा अर्को रेल दुर्घटना, मालगाडीका १२ डिब्बा ट्र्याक बाहिर
आइतबार भारतमा अर्को रेल दुर्घटना भएको छ । पश्चिम बङ्गालको बांकुडा जिल्लामा आइतबार बिहान दुई मालगाडी एक आपसमा ठोक्किँदा कम्तीमा १२ वटा डिब्बा ट्र्याक बाहिर भएका छन् ।
यो दुर्घटना ओन्दा रेलवे स्टेसनमा भयो । यो जोडदार ठक्करले अघिल्लो महिना भएको कोरोमण्डल दुर्घटनाको याद दिलाएको छ । रेलवे स्रोतले यसबारे जानकारी दिएको हो ।
रेलवेका एक अधिकारीका अनुसार ओन्दा स्टेसनको लूप लाइनमा बान्कुडाबाट विष्णुपुर जाँदै गरेको एउटा मालगाडी रोकिएको थियो । यसै रुटमा पछाडिबाट आएको अर्को मालगाडीले त्यसलाई जोडदार तरिकाले ठक्कर हान्यो ।
यो ठक्कर यति बलियो थियो कि पछाडिको ट्रेनको इन्जिन पहिलो मालगाडीमा चढ्यो । जसका कारण १२ डिब्बा ट्र्याकबाहिर गए । रेलवे स्रोतका अनुसार एक चालकलाई हल्का चोट लागेको छ ।
#WATCH | West Bengal: Two goods trains collided at Onda railway station in Bankura. Rail operation on Kharagpur–Bankura–Adra line has been halted. More details awaited. pic.twitter.com/T4sL5rn7Rp
— ANI (@ANI) June 25, 2023
यो दुर्घटनाका कारण बिजुलीको ओभर हेड तार टुटेको छ जसका कारण आद्रा–खडगपुर सेक्सनमा रेलको आवतजावत प्रभावित भएको छ ।
घटनास्थलमा पुगेका दक्षिण पूर्व रेलवेका डिभिजनल सेफ्टी अधिकारी दिवाकर माझीले ट्र्याकलाई हाल क्लियर गर्ने प्रयास गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण