शाहरुखको फिल्मी करियरको ३१ वर्ष : जुन उपलब्धिमा ‘किंग खान’लाई सबैभन्दा गर्व छ
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानले आइतबार आफ्नो फिल्मी करियरको ३१ वर्ष पूरा गरेका छन् । शाहरुखले यस अवधिमा धेरै पटक धेरै मानिसहरूलाई मनोरन्जन गर्न पाउनु आफ्नो उपलब्धि हो जसमा आफूलाई सबैभन्दा गर्व रहेको बताएका छन् ।
फिल्मी करियरको ३१ वर्ष पूरा भएको अवसरमा उनले ट्वीटर मार्फत आफ्ना फ्यानहरुसँग कुरा गरेका थिए । यस क्रममा, एक प्रश्नको जवाफमा, शाहरुख खानले भने, ‘सबै मानिसहरूलाई धेरै पटक मनोरञ्जन गर्न सक्षम हुनु’ उनको लागि सबैभन्दा गर्वको उपलब्धि हो।’
५७ वर्षका शाहरुख खानले धेरै सफल फिल्म दिएका छन् जसका लागि उनलाई ‘किंग खान’को उपनाम दिइएको छ । शाहरुख खानको पहिलो फिल्म ‘दीवाना’ सन् १९९२ मा रिलिज भएको थियो । यस फिल्ममा उनीसँगै ऋषि कपुर र दिव्या भारती मुख्य भूमिकामा थिए । यसअघि उनी टिभीका चर्चित अनुहार थिए ।
यसै वर्ष जनवरीमा रिलिज भएको उनको फिल्म ‘पठान’ ले सफलताका नयाँ रेकर्ड कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण