यी चार टोली सेमिफाइनलमा पुग्ने सहवागको ‘भविष्यवाणी’
मङ्गलबार, १२ असार २०८०, २१ : ०१
अहमदाबाद । एकदिवसीय विश्वकप २०२३ को कार्यक्रम सुरु गर्ने क्रममा क्रिकेटर वीरेन्द्र सहवागले सेमिफाइनल पुग्ने चार टोलीको भविष्यवाणी गरेका छन् ।उनले सेमिफाइनलमा अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत र पाकिस्तान पुग्ने बताएका हुन् । कार्यक्रममा आईसीसीका सीईओ ज्योफ एलार्डिस, बीसीसीआई सचिव जय शाह, श्रीलंकाका पूर्व क्रिकेटर मुथैया मुरलीधरन पनि उपस्थित थिए।
विश्वकप २०२३ अक्टोबर ५ देखि अहमदाबादमा सुरु हुनेछ भने फाइनल खेल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ । प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ जसमा आठ टोलीले प्रत्यक्ष प्रवेश पाएका छन् भने दुई टोलीको टुंगो जिम्बावेमा जारी विश्वकप छनोटपछि हुनेछ । अहमदाबाद, चेन्नई, बेंगलुरु, हैदरावाद, तिरुवनन्तपुरम, मुम्बई, अहमदाबाद, पुणे, लखनउ, दिल्ली, गुवाहाटी, कोलकाता र धर्मशाला समावेश गरी १२ सहरमा खेलहरू हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण