नयाँ प्रावधानअनुसार मकवानपुरमा ११ जनाले लिए नागरिकता
मकवानपुर । मकवानपुरका नयाँ प्रावधान अनुसार ११ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार मंगलबार र बुधबार २ दिनमा ४ महिला र ७ पुरुषले वंशजको अधारमा नागरिकता प्राप्त गरेका हुन् ।
उनीहरुले सर्वोच्च अदालतको आदेशपछि जन्मका आधारमा नेपाली नागरिकता लिएका छन् । आइतबारबाट कार्यान्वयनमा आएको उक्त ऐनअनुसार मकवानपुरमा जन्म भएका र बसोबास गर्दै आएका व्यक्तिहरूलाई वंशजको आधारमा नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
ऐन कार्यान्वयनमा आएको दिन आइतबार र सोमबार पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सो बमोजिम नागरिकता जारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ती दुई दिन नयाँ ऐनअनुसार नागरिकता लिनको लागि कुनै पनि सेवाग्राही नआएको उनले बताए ।
शर्माले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको नागरिकता लिन चाहेमा निवेदन लिई आवश्यक छानबिन र प्रक्रिया पूरा गरी सिफारिस गर्न निर्देशन दिइसकेको उनले बताए ।
शर्माका अनुसार नागरिकता प्रदान गरिएका ११ जना व्यक्तिलाई निवेदनको आधारमा बुवाआमा बीचको नाता प्रमाणितपत्र, जन्मदर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी बसोबास खुल्ने कागज पत्र, विद्युत्, पानी, घर जग्गाको राजस्व तिरेको प्रमाणहरु संलग्न गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण