बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

आइतबार, १७ असार २०८०, १८ : २३
आइतबार, १७ असार २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

तिलोत्तमा–१० कान्छी बजारका ३८ वर्षीय महेश श्रेष्ठको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  बिजुलीको पोलमा तार मर्मत गर्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप