देशमुखी बजेट बनाउन आवश्यक छ : नारायणदत्त मिश्र
काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले देशमुखी बजेट बनाउन आवश्यक रहेको बताएका छन् । बजेट पहुँचवालामुखि भएको भन्दै उनले सो आवश्यकता औँल्याएका हुन् ।
सोमबार राष्ट्रियसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेटको कार्यान्वयन र सदुपयोग गर्नेतर्फ विशेष ध्यान दिन पनि सरकारलाई सचेत गराए ।
संघीय सरकारले बजेटको सदुपयोग गर्नका लागि प्रदेश र स्थानीय तहलाई पनि आवश्यकता अनुसार निर्देशन दिनुपर्ने सांसद मिश्रको भनाई थियो । उनले बजेट कार्यान्वयन गर्ने निकायलाई पुरस्कार र नगर्ने निकायलाई दण्डको आवश्यक व्यवस्था गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए ।
सांसद मिश्रले सहरी विकास मन्त्रालयको आवश्यकता नरहेको जिकिर समेत गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भएकाले सहरी विकास मन्त्रालय आवश्यक नरहेको उनको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण