प्राधिकरणका महानिर्देशकले बुझाएनन् स्पष्टीकरण, भन्छन्, ‘कारबाही भोग्न तयार छु’
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले मन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गरेका छन् । तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकोतर्फबाट मन्त्री किरातीले एक हप्ताकाको समय दिँदै गत असार ११ गते ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।
महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए । तर, महानिर्देशक अधिकारीले उक्त स्पष्टीकरणको कुनै जवाफ नदिने अडान लिएका छन् । आफू प्राधिकरणको कर्मचारी भएकाले हवाई क्षेत्रको सुधार एवम् सुरक्षामा प्रतिबद्ध रहेको जनाउँदै उनले आफूमाथि कारबाही भए भोग्न तयार रहेको रातोपाटीलाई बताए ।
यस प्रकरणमा बालुवाटार र मन्त्रीबीच मतभेद छताछुल्ल भएको छ । महानिर्देशक अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की स्वकीय सचिव तथा छोरी गंगा दाहालनिकट रहेका छन् । मन्त्रीले स्पष्टीकरण सोधेपछि अधिकारीलाई दाहालले प्रधानमन्त्रीसँग भेट गराएको बालुवाटार स्रोत बताउँछ । प्रधानमन्त्रीलाई भेटेपछि अधिकारीले ‘कारबाही’ नहुने आश्वासन पाएका थिए ।
यता, जनमत पार्टीलाई सरकारमा सहभागी गराउन माओवादीको कुनै एक मन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा समेत यस विषयमा सहमति बनिसकेको छ । यस्तोमा मन्त्री किराती ब्याक हुन सक्ने आँकलन गरिएको छ । बालुवाटारको आश्वासन र मन्त्री नै फिर्ता हुने भएपछि अधिकारीले स्पष्टीकरणको जवाफ नदिने अडान लिएका हुन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि मन्त्री किरातीले दिएको अभिव्यक्तिपछि बालुवाटार र किरातीको सम्बन्ध चिसिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण