नयाँ मास्टर डिजाइन भएको रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा लन्च हुँदै
काठमाडौँ । विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज ५ जी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । रियलमी ११ प्रो सिरिज ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो, जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँ स्तर निर्धारण गरिदिएको छ ।
नयाँ रियलमी ११ प्रो ५जी को क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुच्चीकापुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जीको डिजाइन गरिएको हो ।
उत्कृष्ट लिची लेदर ब्याक र सुन्दर लेसले वरिपरी घेरिएको यसको क्यामरा निकै लोकप्रिय छ । १०० एमपीको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोकचार्जरको साथ रियलमी ११ प्रो ५जी एक अलराउन्डरको रूपमा आएको छ। २०,००० लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा १२० हर्जको कभर्ड भिजन डिस्प्ले पनि रहेको छ ।
रियलमी ११ प्रो ५जीको प्रिमियम डिस्प्ले सेटअप रियलमी ११ प्रो ५जीको जस्तै छ । यसको १२० हर्जको कभ्र्ड भिजन डिस्प्लेमा विश्वकै पहिलो २१६० हर्जको पल्स विड्थ मोड्युलेसन डिमिङ रहेको छ । साथै यसमा २०,००० लेभलको अटोम्याटिक ब्राईट्नेस एडजस्ट्मेण्ट, सनलाइट स्क्रिन र टियुभि रेनल्यान्ड जस्ता फिचरहरु रहेका छन् । यीफिचरहरुले प्रयोगकर्तालाई चलाउँदा सहज हुनुको साथै आँखामा पनि आराम दिन्छन्, जसले गर्दा यो फोनले दुईवटा विशिष्ट आई प्रोटेक्सन पुरस्कारहरू पनि पाएको छ ।
दमदार प्रदर्शन, कम पावर खपत, र पर्याप्त स्टोरेजले रियलमी ११ प्रो ५ जीलाई एक वास्तविक फ्ल्यागशिप स्मार्टफोन बनाएको छ । यसमा डाइमेन्सिटी ७०५० ५जीप्रोसेसर, १२ जीबी र्याम, र २५६ जीबीको इन्टर्नल स्टोरेज रहेको छ । ६७ वाट् सुपरभोक चार्ज, ५००० एमएएच ब्याट्री, रियलमीयुआई ४.०, र डल्बी पानोरामा डुअल स्पिकरहरूले फोनको युजर एक्स्पिरिएन्स अझै निखारेका छन् । रियलमी ११ प्रो ५ जी सनराइज बेज, ओएसिस ग्रीन, र एस्ट्रल ब्ल्याक जस्ता आकर्षक तीन रङ्गहरूमा उपलब्ध छ ।
१०० एमपी डिरेक्ट आउटपुट, २ एक्स् लसलेस जुम, अटो–जुममोड, सुपर नाइटस्केप मोड, र स्ट्रीट फोटोग्राफीमोड ४.० जस्ता फिचरहरुले रियलमी ११ प्रो लाई झनै उत्कृष्ट बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
-
एमबीएस प्रश्नपत्र लिक प्रकरणः कसरी हुँदै छ छानबिन ?
-
अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण