काजोलले बताइन् शाहरुखबारे ‘एउटा अचम्मको कुरा’
बलिउड अभिनेत्री काजोलले एक अन्तरवार्तामा अभिनेता शाहरुख खान र माधुरी दीक्षितबारे कुराकानी गरेकी छिन् ।
जुम टिभीलाई दिएको अन्तरवार्ता काजोललाई कम मूल्याङ्कन गरिएको नायिका को हो भनेर सोधिएको थियो । यसको जवाफमा काजोलले भनिन्, ‘यदि विविधताको हिसाबले कुरा गर्ने हो भने माधुरी दीक्षित मेरो नजरमा कम मूल्याङ्कन गरिएकी अभिनेत्री हुन् । माधुरीले त्यो मौका नै पाइनन्, जसका लागि उनी पोख्त थिइन् ।’
यसै अन्तरवार्तामा काजोललाई शाहरुखबाट के सिक्न चाहन्छौ भनेर पनि सोधियो । जवाफमा काजोलले भनिन्, ‘शाहरुखले कसरी सबै डाइलग याद गर्छन् भनेर सिक्न चाहन्छु । उनको स्मरण शक्ति कमालको छ । उनको फोटोग्राफिक स्मरण शक्ति छ । शाहरुख सेटमा आउँछन् र उनलाई सबैको डाइलग याद हुन्छ । उनलाई कसरी थाहा हुन्छ भनेर म सधैँ अचम्ममा पर्छु ।’
काजोलले भनिन्, ‘आजसम्म कुनै पनि क्यारेक्टर वा फिल्म गरेकोमा मलाई पछुतो छैन । यदि मलाई आज कुनै पनि क्यारेक्टर गर्न भनियो भने म त्यो समयभन्दा बिलकुलै फरक गर्छु । किनकि त्यतिबेला म अर्कै थिएँ, आज अर्कै छु ।’
इन्डस्ट्रीमा आएका नयाँ युवतीलाई सल्लाह दिँदै काजोलले भनिन्, ‘भगवानले तपाईंलाई जस्तो बनाउनुभएको छ र तपाईंले चाहेको जस्तो बनाउनु भएको छैन भने पनि मेकअपको सुविधा छँदै छ । तर यसको विकल्प शल्यक्रिया होइन । यो तपाईंको आफ्नै इच्छा हो भने ठिकै छ तर कसैले भनेको भरमा तपाईंले यस्तो गर्नु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण