शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आँचल शर्मा विवादमा, मोडलको ‘बडी सेमिङ’ गरेको भन्दै आपत्ति

बिहीबार, २१ असार २०८०, १३ : २१
बिहीबार, २१ असार २०८०

अभिनेत्री आँचल शर्माको यति बेला सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । आइसिसी डिजाइनर रनवे १२ को अडिसन कार्यक्रममा अडिसन दिइरहेका एक पुरुष मोडलमाथि आँचलले जुन टिप्पणी गरिन्, त्यसलाई लिएर उनी विवादमा परेकी छिन् । 

चार दिन अघि आयोजना भएको उक्त कार्यक्रममा निर्णायकको रूपमा पुगेकी आँचलको अभिव्यक्तिलाई धेरैले बडी सेमिङको रूपमा हेरिरहेका छन् । उक्त कार्यक्रम इन्स्टाग्राममा लाइभ भइरहेको थियो । 

एक मोडलले अडिसन दिइरहेका बेला आँचलले ‘उसले केही खाँदैन कि क्या हो’ भनिन् । नजिकै बसेका पुरुषले ‘मेन्टेन गरेको होला’ भनेर जवाफ दिए । त्यसपछि आँचलले भनिन्, ‘यसलाई मेन्टेन भनिँदैन मालन्युट्रिसन (कुपोषण) भनिन्छ । ’ 

उनको यही वाक्यमाथि सबैले आपत्ति जनाइरहेका छन् । उनले यस्तो भनेका भिडियो टिकटकमा भाइरल भइरहेको छ । धेरैले यसमा आँचलको भनाई प्रति आपत्ति जताइरहेका छन् र कुनै पनि मानिसको शरीरबारे मूल्याङ्कन गर्ने अधिकार उनलाई नभएको बताइरहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप