आँचल शर्मा विवादमा, मोडलको ‘बडी सेमिङ’ गरेको भन्दै आपत्ति
अभिनेत्री आँचल शर्माको यति बेला सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । आइसिसी डिजाइनर रनवे १२ को अडिसन कार्यक्रममा अडिसन दिइरहेका एक पुरुष मोडलमाथि आँचलले जुन टिप्पणी गरिन्, त्यसलाई लिएर उनी विवादमा परेकी छिन् ।
चार दिन अघि आयोजना भएको उक्त कार्यक्रममा निर्णायकको रूपमा पुगेकी आँचलको अभिव्यक्तिलाई धेरैले बडी सेमिङको रूपमा हेरिरहेका छन् । उक्त कार्यक्रम इन्स्टाग्राममा लाइभ भइरहेको थियो ।
एक मोडलले अडिसन दिइरहेका बेला आँचलले ‘उसले केही खाँदैन कि क्या हो’ भनिन् । नजिकै बसेका पुरुषले ‘मेन्टेन गरेको होला’ भनेर जवाफ दिए । त्यसपछि आँचलले भनिन्, ‘यसलाई मेन्टेन भनिँदैन मालन्युट्रिसन (कुपोषण) भनिन्छ । ’
उनको यही वाक्यमाथि सबैले आपत्ति जनाइरहेका छन् । उनले यस्तो भनेका भिडियो टिकटकमा भाइरल भइरहेको छ । धेरैले यसमा आँचलको भनाई प्रति आपत्ति जताइरहेका छन् र कुनै पनि मानिसको शरीरबारे मूल्याङ्कन गर्ने अधिकार उनलाई नभएको बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण