फिल्म निर्माणको समय मानसिक स्वास्थ्य परामर्श राख्न केकीको सुझाव
काठमाडौँ । सेलिब्रेटीको आत्महत्या विषयलाई लिएर विश्वमै कलाकारहरुको मानसिक स्वास्थ्यको व्यापक बहस हुन थालेको छ । नेपालमा पनि यसको बहस सुरु भएको छ ।
बिहीबार अभिनेता सारुक ताम्राकारले घरमै झुण्डिएर आत्महत्या गरेको विषयमा अहिले फिल्म क्षेत्रमा कलाकारहरुको मानसिक स्वास्थ्यको विषयमा बहस हुन थालेको छ ।
यस विषयमा अभिनेत्री केकी अधिकारीले फिल्म निर्माणको समयमा कलाकार तथा प्राविधिकहरूका लागि मानसिक स्वास्थ्य परामर्श विभाग राख्न जरुरी भइसकेको बिचार राखेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।
त्यस्तै फिल्म लेखक तथा समीक्षक सामिप्यराज तिमल्सिनाले पनि नेपालमा मानसिक स्वास्थ्यको बारेमा बहस हुन जरुरी रहेको बताएका छन् । उनले नेपालको फिल्म क्षेत्र व्यावसायिक नभएको धारणा राख्दै अर्कालाई शोषण गर्ने र अर्काको टाउकोमा टेकेर सफल भएको भ्रम छर्ने प्रतिस्पर्धा रहेको उल्लेख बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिल्म क्षेत्रमा कलाकारका लागि फ्लपको प्रेसर धेरै छ । सञ्चारकर्मीले पनि हिट र फ्लपको आँकडालाई प्राथमिकताका साथ छापिदिँदा फिल्मकर्मीमा दबाब बढेको र यो शैलीमा पुनर्विचार गर्न जरुरी रहेको छ ।’
उनको बिचारमा निर्देशक दीपेन्द्र के. खनाल, निर्देशक समाजका अध्यक्ष तथा निर्देशक जनकदीप पराजुली, अभिनेत्रीहरु झरना थापा, सञ्चिता लुइँटेल लगायत थुप्रै फिल्मकर्मीले सहमति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण