शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म निर्माणको समय मानसिक स्वास्थ्य परामर्श राख्न केकीको सुझाव

शुक्रबार, २२ असार २०८०, १४ : ४६
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । सेलिब्रेटीको आत्महत्या विषयलाई लिएर विश्वमै कलाकारहरुको मानसिक स्वास्थ्यको व्यापक बहस हुन थालेको छ । नेपालमा पनि यसको बहस सुरु भएको छ ।

बिहीबार अभिनेता सारुक ताम्राकारले घरमै झुण्डिएर आत्महत्या गरेको विषयमा अहिले फिल्म क्षेत्रमा कलाकारहरुको मानसिक स्वास्थ्यको विषयमा बहस हुन थालेको छ ।

यस विषयमा अभिनेत्री केकी अधिकारीले फिल्म निर्माणको समयमा कलाकार तथा प्राविधिकहरूका लागि मानसिक स्वास्थ्य परामर्श विभाग राख्न जरुरी भइसकेको बिचार राखेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।

त्यस्तै फिल्म लेखक तथा समीक्षक सामिप्यराज तिमल्सिनाले पनि नेपालमा मानसिक स्वास्थ्यको बारेमा बहस हुन जरुरी रहेको बताएका छन् । उनले नेपालको फिल्म क्षेत्र व्यावसायिक नभएको धारणा राख्दै अर्कालाई शोषण गर्ने र अर्काको टाउकोमा टेकेर सफल भएको भ्रम छर्ने प्रतिस्पर्धा रहेको उल्लेख बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिल्म क्षेत्रमा कलाकारका लागि फ्लपको प्रेसर धेरै छ । सञ्चारकर्मीले पनि हिट र फ्लपको आँकडालाई प्राथमिकताका साथ छापिदिँदा फिल्मकर्मीमा दबाब बढेको र यो शैलीमा पुनर्विचार गर्न जरुरी रहेको छ ।’

उनको बिचारमा निर्देशक दीपेन्द्र के. खनाल, निर्देशक समाजका अध्यक्ष तथा निर्देशक जनकदीप पराजुली, अभिनेत्रीहरु झरना थापा, सञ्चिता लुइँटेल लगायत थुप्रै फिल्मकर्मीले सहमति जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप