म्याकडोनल्ड बर्गरबाट गायब भयो गोलभेँडा
शुक्रबार, २२ असार २०८०, १७ : २४
अमेरिका फास्ट फुड चेन म्याकडोनल्डले भारतका थुप्रै स्थानमा आफ्नो बर्गर र र्याप (Wrap) बाट गोलभेँडा गायब भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको मुख्य कारण भनेको गोलभेँडाको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न हुन् ।
भारतका केही भागमा अघिल्लो महिना गोलभेँडाको मूल्यमा २८८ प्रतिशत वृद्धि देखिएको छ । शुक्रवार एक किलो गोलभेँडाको मूल्य १४० भारु तोकिएको छ । दिल्लीस्थित केही म्याकडोनल्ड स्टोरले नोटिस जारी गरेर यसबारे जानकारी दिएका छन् ।
उक्त नोटिसमा लेखिएको छ, ‘विभिन्न प्रयास पश्चात् हामी आफ्नो गुणस्तरमा खरो उत्रिने गोलभेँडाको आपूर्ति सुनिश्चित गर्न सकेनौँ । यसै कारण हामी गोलभेँडा बिनाका खानेकुरा पस्कनका लागि बाध्य छौँ ।’
यी स्टोर चलाउने प्रबन्धकका अनुसार समस्या गोलभेँडाको मूल्यमा नभई यसको गुणस्तरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण