शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राहुल गान्धीको पुनरावेदन खारेज

शुक्रबार, २२ असार २०८०, १९ : ३६
शुक्रबार, २२ असार २०८०

अहमदावाद । गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ । 

मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएका नेता गान्धीलाई तल्लो अदालतले दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएपछि त्यसविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए । 

उच्च अदालतका न्यायाधीश हेमन्त एम प्रचकको इजलासले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै गान्धीको पुनरावेदन निवेदन खारेज गरिएको जनाएको छ । न्यायाधीश प्रचकले ‘ट्रायल कोर्टको फैसला उचित भएकाले तयसमा हस्तक्षेप गर्न आवश्यक नभएको’ बताए । नेता गान्धीविरुद्ध कम्तीमा १० वटा आपराधिक मुद्दा विचाराधीन छन् । 

ट्रायल कोर्टको फैसलासँगै नेता गान्धीको सांसद पद पनि खारेज भएको थियो ।-(रासस /एएनआई)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप