पाकिस्तानी अभिनेत्रीले शाहरुखको आलोचना गरेपछि...
मुम्बई । पाकिस्तानी अभिनेत्री महनूर बलोचले भारतीय अभिनेता शाहरुख खानमाथि गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । महनूर बलोचले शाहरुख खान न त सुन्दर न त उनलाई अभिनय नै थाहा भएको टिप्पणी गरेकी छिन् । बलोचले साम टिभी च्यानलको टक शो 'हुद कर दी' मा कुराकानी गर्दै यस्तो टिप्पणी गरेकी थिइन्।बलोच पाकिस्तानी फिल्म र सिरियलहरूमा काम गर्छिन्।
महनूर बलोचले भने, ‘शाहरुख खानको धेरै राम्रो व्यक्तित्व छ । तर यदि तपाईं संसारमा ह्यान्डसम भन्नुहुन्छ भने उनी त्यस्तो होइनन्, तर उनको व्यक्तित्व यति बलियो छ कि उनी राम्रो देखिन्छन्। मानिसहरु धेरै सुन्दर हुन्छन् तर यदि उनीहरुको आभा बलियो छैन भने उनीहरुलाई कसैले ध्यान दिदैनन् ।
शोको क्रममा बलोचले शाहरुख खान एक ठूला व्यापारी भएको र आफूलाई कसरी मार्केट गर्न जानेको जिकिर गरिन् । बलोचले भनिन्, ‘मलाई लाग्छ कि शाहरुख खान एक ठूला व्यापारी हुन्, उनी आफैंलाई कसरी मार्केट गर्न जान्छन्। उनका धेरै फ्यानहरू छन् जसले सोच्छन् कि मेरो विचार गलत हुन सक्छ, म गलत हुन सक्छु, तर यो मेरो विचार हो।’
५३ वर्षीय बलोचले शाहरुख खानको अभिनय क्षमतामा पनि प्रश्न उठाएकी छन् । तर, यो बयानपछि शाहरुख खानका फ्यानले बलोचको सामाजिक सञ्जालमा आलोचना गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण