सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी अभिनेत्रीले शाहरुखको आलोचना गरेपछि...

शनिबार, २३ असार २०८०, १७ : ४६
शनिबार, २३ असार २०८०

मुम्बई । पाकिस्तानी अभिनेत्री महनूर बलोचले भारतीय अभिनेता शाहरुख खानमाथि गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । महनूर बलोचले शाहरुख खान न त सुन्दर न त उनलाई अभिनय नै थाहा भएको टिप्पणी गरेकी छिन् । बलोचले साम टिभी च्यानलको टक शो 'हुद कर दी' मा कुराकानी गर्दै यस्तो टिप्पणी गरेकी थिइन्।बलोच पाकिस्तानी फिल्म र सिरियलहरूमा काम गर्छिन्।

महनूर बलोचले भने, ‘शाहरुख खानको धेरै राम्रो व्यक्तित्व छ । तर यदि तपाईं संसारमा ह्यान्डसम भन्नुहुन्छ भने उनी त्यस्तो होइनन्, तर उनको व्यक्तित्व यति बलियो छ कि उनी राम्रो देखिन्छन्। मानिसहरु धेरै सुन्दर हुन्छन् तर यदि उनीहरुको आभा बलियो छैन भने उनीहरुलाई कसैले ध्यान दिदैनन् ।

शोको क्रममा बलोचले शाहरुख खान एक ठूला व्यापारी भएको र आफूलाई कसरी मार्केट गर्न जानेको जिकिर गरिन् । बलोचले भनिन्, ‘मलाई लाग्छ कि शाहरुख खान एक ठूला व्यापारी हुन्, उनी आफैंलाई कसरी मार्केट गर्न जान्छन्। उनका धेरै फ्यानहरू छन् जसले सोच्छन् कि मेरो विचार गलत हुन सक्छ, म गलत हुन सक्छु, तर यो मेरो विचार हो।’

५३ वर्षीय बलोचले शाहरुख खानको अभिनय क्षमतामा पनि प्रश्न उठाएकी छन् । तर, यो बयानपछि शाहरुख खानका फ्यानले बलोचको सामाजिक सञ्जालमा आलोचना गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप