आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा ४१ वर्षपछिकै भारी वर्षा

आइतबार, २४ असार २०८०, १२ : ०७
आइतबार, २४ असार २०८०

दिल्लीमा ४१ वर्षपछि रेकर्ड स्तरको वर्षा भएका छ । दिल्लीको मौसम विभागले आइतबार बिहान साढे आठ बजेसम्म २४ घण्टामा १५३ मिमी वर्षा दर्ता गरेको छ । सन् १९८२ पछि जुलाई एक दिनमा यति वर्षा रेकर्ड भएको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार दिल्लीमा १२५ मिमी वर्षा भएको जानकारी दिए । मनसुन सिजनको समग्र वर्षाको १५ प्रतिशत वर्षा १२ घण्टामा भएको छ ।

वर्षाका कारण थुप्रै स्थान जलमग्न भएको छ । सडकदेखि गल्ली र अन्डरपास, सबैतिर पानी भरिएको छ । फोहोरले बाटो रोकेको छ । जल स्तरका कारण मानिसको समस्या बढेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप