राहुल गान्धीलाई बाइक मेकानिकले सोधे, ‘विवाह कहिले गर्नुहुन्छ ?’ दिए यस्तो जवाफ
काँग्रेस नेता राहुल गान्धीलाई एक मेकानिकले ‘कहिले विवाह गर्नुहुन्छ’ भनेर सोधेका छन् । बाइक मेकानिकले अवस्था बुझ्नका लागि केही दिन अघि दिल्लीको करोल बाग पुगेका उनलाई मेकानिकले यस्तो प्रश्न सोधेका हुन् ।
यद्यपि, राहुलले सधैँ झैँ यो प्रश्नका जवाफ टारेका छन् ।
राहुल गान्धीले बाइक मेकानिकसँग गरेको भेटघाटको भिडियो आफ्नो युट्युब च्यानलमा सेयर गरेका छन् ।
भिडियोको ९ मिनटमा एक मेकानिकले राहुल गान्धीसँग प्रश्न गर्छन्, ‘त्यो बिहे–सिहे छ नि तपाईंको ? कहिले हुन्छ सर ?’
यसमा राहुल गान्धी भन्छन्, ‘हेरौँ...’
त्यसपछि राहुल गान्धीले उनलाई सोध्छन्, ‘तपाईंको विवाह भइसक्यो ?’
राहुल गान्धीलाई उनको विवाहबारे प्रश्न सोधिएको यो पहिलो पटक भने होइन । अघिल्लो महिना विपक्षी एकजुटताको बैठकमा समावेश हुनका लागि राहुल गान्धी पटना पुग्दा आरजेडीका प्रमुख लालु प्रसाद यादवले पनि उनलाई यस्तै प्रश्न सोधेका थिए ।
त्यति बेला यादवले ठट्यौली पारामा भनेका थिए, ‘हाम्रो कुरा मान्नुहोस्, विवाह गर्नुहोस् । अहिले पनि ढिला भइसकेको छैन ।’
यसबारे राहुलले जवाफ दिए, ‘तपाईंले भन्नुभयो अब हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण