आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्यायाधीश नियुक्त छिट्टै : प्रधानन्यायाधीश कार्की

आइतबार, २४ असार २०८०, १५ : ५७
आइतबार, २४ असार २०८०

मोरङ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्को बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्‍याउने बताए ।

उनले न्याय परिषद्को संरचनामा केही परिवर्तनको आवश्यकता भएको भन्दै आफ्नो नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार कार्यान्वयन जरुरी रहेको बताए । उनले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू भएपछि सहज भएको बताए । 

“जिल्ला तथा उच्च अदालतमा दुई जोड शून्य अभियान सञ्चालनबाट दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा छन्”, उनले भने, “आगामी दिनमा मुद्दाको प्रकृतिअनुसार  छ महिना, एक वर्ष र १८ महिनाको पात्रो बनाएर काम गर्नुपर्छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप