फ्रान्समा हिंसाको असर, राष्ट्रिय दिवसको दिन आतिशबाजीमा रोक
फ्रान्सले आफ्नो राष्ट्रिय दिवस अर्थात् बास्टिल डेमा आतिशबाजी गर्न, पटाका राख्न र ओसारपसार प्रतिबन्ध लगाइदिएको छ । सरकारले आइतबार एक आदेश जारी गर्दै १४ जुलाईलाई फ्रान्सको राष्ट्रिय दिवससँग सम्बन्धित समारोहका लागि आतिशबाजीसँग सम्बन्धित विस्फोटकमाथि रोक लगाएको छ ।
फ्रान्सको सरकारले यो कदम अघिल्लो महिना १७ वर्षका युवक नाहेल एमको प्रहरीको गोली लागेर हत्या गरेपछि सुरु भएको दङ्गालाई ध्यानमा राख्दै लिएको छ । यद्यपि, स्थानीय प्रशासनले आयोजना गर्ने आतिशबाजीमा भने यो नियम लागू हुने छैन ।
फ्रान्स सरकारले भन्यो, ‘जुलाई १४ का दिन मनाइने समयमा कुनै पनि प्रकारको शान्ति सुरक्षामा समस्या आउन नदिनका लागि कुनै पनि विस्फोटक पदार्थ एक ठाउँबाट अर्को ठाउँमा लैजान, खरिद गर्न, राख्न वा लैजान प्रतिबन्ध लगाइनेछ । जुलाई १५ सम्म देशमा आतिशबाजीमा पनि प्रतिबन्ध लगाइनेछ ।’
गत महिना सुरु भएको हिंसाको समयमा आतिशबाजी प्रदर्शनकारीहरूको महत्त्वपूर्ण हतियार थियो । यो हिंसालाई फ्रान्समा विगत २० वर्षयताकै सबैभन्दा भीषण हिंसा मानिएको छ ।
सामान्य समयमा पनि बास्टिल दिवससँग सम्बन्धित समारोहका बेला केही मानिस पटाका प्रहार गरेर आफ्नो विरोध जताउँछन् ।
हालै भएको प्रदर्शनको क्रममा कुल ३७०० मानिसलाई प्रहरीले हिरासतमा लिएको थियो । यीमध्ये करिब १ हजार १६० नाबालिग थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण