हेलिकप्टर दुर्घटना
मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु
मङ्गलबार, २६ असार २०८०, १२ : ४२

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको पुष्टि भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना स्थलमा प्रहरीका असई रिाजन बस्नेत नेतृत्वको टिम पुगेको छ । दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको डिआइजी बास्तोलाले बताए ।
सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्याट्रिक डि विल्ड नियुक्त
-
संसद् अवरोध हटाउनेबारे कांग्रेस–रास्वपाबिचको छलफल निष्कर्षविहीन
-
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
-
लगातार तेस्रो दिन पनि घट्यो नेप्से, ७ अर्ब ९७ करोडको कारोबार
-
माधव नेपाल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादी पार्टीले भन्यो - कानुनी लडाईं लड्छाैँ
-
राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ : बेदुराम भुसाल