बिरामीकाे घाँटीभित्र सिङ्गो अक्टोपस अड्किएको देखेपछि डाक्टर चकित
स्वास्थ्य परीक्षणको क्रममा एक बिरामीको घाँटीभित्र सिङ्गो अक्टोपस अड्किएको देखेपछि डाक्टरसमेत चकित परेका छन् । बिरामीले लगातार बान्ता किन गरिरहेका छन् भनेर ग्यास्ट्रोइन्टेस्टाइनल परीक्षण गर्ने क्रममा घाँटीभित्र अक्टोपस अड्किएको भेटिएको थियो ।
सिंगापुरका नाम नखुलाइएका एक व्यक्तिले काँचो अक्टोपस भएको खानेकुरा खाएपछि बान्ता गर्न थाले । केही त समस्या पक्कै छ भन्ने उनलाई लाग्यो । एक छिन पछि त उनले केही निल्नै सकेनन् । त्यसपछि भने उनी तान टक सेङ्ग अस्पतालको इमर्जेन्सीमा गए । त्यहाँका डाक्टरले तत्काल सिटी स्क्यान गरे । उक्त स्क्यानमा उनको घाँटीमा केही गह्रुङ्गो कुरा अड्किएको देखियो । सुरुमा त डाक्टरले त्यो कुरा के हो भनेर थाहा पाउन सकेनन् । त्यसपछि एसेफागोग्यास्ट्रोडुओडेनोस्कोपी गरियो । क्यामेरा भएको एउटा सानो, लचिलो ट्युब बिरामीको घाँटीमा प्रवेश गराएर परीक्षण गर्दा मात्रै ती व्यक्तिको घाँटीमा सिङ्गो अक्टोपस अड्किएको भन्ने थाहा भयो ।
इन्डोस्कोप क्यामेरा तस्बिर हालै अमेरिकन ग्यास्ट्रोइन्टेस्टाइनल असोसिएसन (एजीए) इन्स्टिच्युटले सेयर गरेको छ । यसमा अक्टोपसको ८ वटा टेन्टाकल ती व्यक्तिको घाँटीको वरिपरि अड्किएको देखिएको छ । यसैकारण उनले केही कुरा निल्न पनि सकिरहेका थिएनन् ।
सुरुमा डाक्टरले ‘पुस टेक्निक’ अपनाए । जुन धेरैजसो अवस्थामा सफल पनि हुन्छ तर अक्टोपस त्यति सजिलै त्यहाँबाट गएन । धेरै दबाब दिँदा पनि घाँटीको नलीमा क्षति हुने जोखिम थियो । त्यसैले शल्यक्रियामा प्रयोग गर्ने ट्विटर प्रयोग गरेर घाँटीमा बेस्सरी टाँस्सिएर अड्किएको अक्टोपसलाई बाहिर निकालियो ।
ती व्यक्तिले सिङ्गो अक्टोपस किन निलेका थिए भनेर स्पष्ट जानकारी छैन । दुई दिन अस्पताल बसेपछि पनि उनलाई बिदा दिइयो । भाग्यवश उनी राम्रोसँग निको भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण