हेलिकप्टर दुर्घटना
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइयो
मङ्गलबार, २६ असार २०८०, १८ : १०

काठमाडौँ । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ ।
मंगलबार साढे ५ बजे हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।
मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका थिए ।
काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो । सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग
-
एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल
-
रुसले युक्रेनमाथि गर्यो जवाफी हमला, पाँच जनाको मृत्यु
-
विपद्को सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक : गृह सचिव दुवाडी
-
आँधीका कारण जर्मनीमा रायन एयरको विमान आपतकालीन अवतरण, ९ यात्रु घाइते
-
मुख्यमन्त्री सिंह र एडीबी टोलीबिच भेटवार्ता