मुम्बई पुलिसलाई धम्की, ‘सीमा हैदर पाकिस्तान नफर्किए २६/११ जस्तो आक्रमण दोहोरिने छ’
मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रुममा एक अज्ञात व्यक्तिले फोन गरेर २६/११ जस्तो आक्रमण दोहोरिने धम्की दिएका छन् ।
जुलाई १२ मा आएको उक्त कलमा ती व्यक्तिले भने, ‘पाकिस्तानी नागरिक सीमा हैदर स्वदेश फर्किइनन् भने मुम्बईमा अर्को २६/११ आतङ्कवादी हमला हुनेछ ।’
स्मरण रहोस्, सन् २००८ नोभेम्बर २६ तारिखमा भारतमा श्रृङ्खलाबद्ध हमला भएको थियो । उक्त हमलामा पाकिस्तानका लस्कर–इ–तैय्यबका १० सदस्यले चार दिनसम्म १२ स्थानमा श्रृङ्खलाबद्ध रूपमा हमला र बम विस्फोट गराए । उक्त हमला नोभेम्बर २९ सम्म भएको थियो । हमलामा परी १७५ जनाले ज्यान गुमाए जसमध्ये ९ जना आक्रमणकारीसमेत थिए । यसमा ३ सय जनाभन्दा बढी घाइते थिए ।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एक प्रहरी अधिकारीले फोन गर्नेहरूले उर्दू भाषामा कुरा गरिरहेको बताए । यसका लागि उत्तर प्रदेश सरकार जिम्मेवार हुने उनीहरुले बताए ।
मुम्बई पुलिसले उक्त फोनबारे अनुसन्धान गरिरहेको छ र क्राइम ब्रान्चको टोलीलाई पनि यो काममा खटाएको छ ।
उक्त कल एउटा एप मार्फत गरिएको र प्रहरीले कल गर्नेको आईपी ठेगाना पत्ता लगाउने प्रयास गरिरहेको अधिकारीले बताए ।
पाकिस्तानी नागरिक सीमा हैदर भर्खरै ग्रेटर नोएडा निवासी सचिन मीनासँग विवाह गर्न अवैध रूपमा भारत प्रवेश गरेकी थिइन् । अनलाइन गेम पबजी खेल्ने क्रममा यी दुईको मित्रता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण