अब त फिर्ता गर लालपुर्जा
शनिबार, ३० असार २०८०, १२ : २५
साँवाको दसौँ गुणा ब्याज तिर्दा पनि
कहिले नच्यातिने, गरिबका ती तमसुकहरू
कहिले फिर्ता नदिने, गरिबले राखेका धितोहरू
तिमी हौ मिटरब्याजी, तिमी हौ ब्याजखोरी
जुका हौ तिमी, गरिब जनताको रगत चुस्ने
तिम्रो भुँडी पनि कत्रो, कहिले नभर्ने
तिम्रो मुख पनि कत्रो, कहिले नअघाउने
न त छ तिमीलाई, कुनै पापको डर
लाग्छ तिमी, कहिले पनि मर्न नपर्ने हो कि ?
कतै मर्दा साथ पो लाने हो कि सबै सम्पत्तिहरू
अति गर तर अचाक्ली नगर तिमी
गरिबको आँसुको पाप लाग्छ, तिमीलाई
अब त फिर्ता गर, गरिबका ती सबै लालपुर्जाहरू
अनि अब त च्यात, गरिबसँग गरेका ती तमासुकहरु
तब पो आशिष् लाग्नेछ तिमीलाई गरिबको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण