मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य उपचार

लम्पी स्किन :  तीनै तहले जिम्मेवारी नठान्दा लियो महामारीको रूप

रोग नियन्त्रण गर्न योजनाविहीन सरकार, किसानलाई मार
आइतबार, ३१ असार २०८०, ०६ : ४१
आइतबार, ३१ असार २०८०

काठमाडौं । लम्पी स्किन रोग संक्रमणका कारण गएको एक सातामा मात्रै १९ सय ४१ पशुको मरेका छन् । पशु सेवा विभागको आँकडाअनुसार २३ असारसम्म साढे २५ हजार पशु मरेका थिए । एकसाताको अवधिमा पशु मर्ने दर बढेर २६ हजार ९४१ पुगेको छ । 

हालसम्म संक्रमित ७ लाख ६४ हजार ६३८ पशुमा यो रोग देखिएको छ । सक्रिय संक्रमित पशु २ लाख ४४ हजार १५८ छन् । देशभर तीव्र गतिमा वैशाख महिनादेखि फैलिएको लम्पी स्किन रोगको उपचार र रोकथाममा सरकार निरीह बनेको पशु अधिकारकर्मीहरूले बताएका छन् । 

२०७७ साल असार १२ गते मोरङको सुन्दरहरैंचा नगरपालिका–११ का गाईबस्तुमा लम्पी स्किन रोगको लक्षण पहिलो पटक पुष्टि भए पनि यसले प्रकोपको रूप लिएको थिएन । पछिल्लो समय गर्मी सुरु भएपछि पशुमा तीव्र गतिमा यो रोग फैलिदा पशुसेवा विभागले पूर्व तयारी गर्न नसकेको सार्क क्षेत्रीय भेटेनरी एसोसियसनका महासचिव शितलकाजी श्रेष्ठले बताए ।

उनले भने, ‘लम्पी स्किन संक्रमणका कारण किसानका गोठ रित्तिएका छन् । न त सरकारले राहतको कार्यक्रम ल्यायो, न नियन्त्रणका लागि प्रयास नै गर्यो ।’ सरकारी अधिकारीहरू नै महामारीकै रूपमा बस्तुभाउमा यो रोग फैलिएको स्वीकार्छन् । तर,सरकारले लम्पी स्किनलाई महामारी भनेर घोषणा गरेको छैन ।श्रेष्ठका अनुसार लम्पी स्किन रोगको संक्रमण नियन्त्रण बाहिर गएकाले महामारी घोषणा गरी सहयोग माग्नुपर्छ । 

नियन्त्रण र राहत आवश्यक
नेपालमा कुल गाई ७४ लाख १३ हजार १९७ र भैँसी ५१ लाख ३२ हजार ९३१ छन् । नेपाल पशु चिकित्सा परिषद्का अनुसार संक्रामक रोग लम्पी स्किनको समयमै उपचार, रोकथाम नगरिएमा करिब १ लाख गाईभैँसी मर्न सक्ने छन् । प्रति पशु सरदर ४९ हजार १३५ नोक्सान हुँदा २७ अर्ब २२ करोड ५० लाख बराबरको आर्थिक क्षति हुनेछ । 

विश्व पशु स्वास्थ्य संगठनका अनुसार लम्पी स्किन देखिएको ठाउँमा पशुमा रोग फैलिने दर १० देखि २० प्रतिशत  रहेको पाइएको छ, जसमा मृत्युदर १ देखि ५ प्रतिशत भनिएको छ । 

महामारीको रुपमा गाईभैसीमा फैलिएको लम्पी स्किन नियन्त्रणमा नआएमा देशलाई १ खर्ब २६ अर्ब बराबरको आर्थिक क्षति हुने परिषद्ले जनाएको छ । उक्त रकम नेपालको आर्थिक वर्ष २०८०-०८१ को प्रस्तावित कुल बजेटको करिब ७.२ प्रतिशत हो । 

तीनै तहका सरकारले लम्पी स्किन रोग नियन्त्रणमा प्रयास पनि नगर्ने, राहत पनि नबाँड्दा किसान झन् मारमा परेकोमहासचिव श्रेष्ठको जिकिर छ ।  

विश्व पशु स्वास्थ्य संगठनका अनुसार लम्पी स्किन देखिएको ठाउँमा पशुमा रोग फैलिने दर १० देखि २० प्रतिशत  रहेको पाइएको छ, जसमा मृत्युदर १ देखि ५ प्रतिशत भनिएको छ । 

यद्यपि अनुसन्धानअनुसार भारतमा २४.२ प्रतिशत, बंगलादेशमा ३४ प्रतिशत र इथियोपियामा ३६ प्रतिशत पशुमा रोग फैलिने दर उच्च रहेको देखिएको छ । यद्यपि एकै खोरमा रहेका पशुहरूमा भने ८२.३ प्रतिशत पशुमा रोग फैलिने र तीमध्ये २४.३ प्रतिशत मर्ने गरेको अध्ययनले देखाएको छ । 

तत्काल खोप व्यवस्था गर्नुपर्ने
नेपालमा फैलिएको अघोषित महामारीको रुपमा पशुचौपायामा फैलिएको लम्पी स्किनको संक्रमणबाट बचाउन सरकार आफैले खोप खरिद गरी वितरणको विकल्प भएको पशु अधिकारकर्मीहरू बताउँछन् । 

लुम्बिनी प्रदेश ८ हजार ५००, मधेस प्रदेश ९ हजार ७७५, कर्णाली प्रदेश १७ हजार ५००,गण्डकी ३२ हजार ६८४ र बागमती प्रदेश ५६ हजार ३३३ पशुलाई खोप लगाइएको छ । 

निजी क्षेत्रले खरिद गरेको खोप सबै पालिकाले खरिद गरी निःशुल्क वितरण नगरेकाले सबै किसानको पहुँचमा नपुगेको महासचिव श्रेष्ठले बताए । उनी भन्छन्, ‘गाईबस्तुमा देखिएको महामारी नियन्त्रणका लागि तत्काल सरकारले खोप खरिद गर्नुको विकल्प छैन ।’ 

बरिष्ठ पशुचिकित्सक डा.ढकालका अनुसार महामारी रुपमा फैलिएको लम्पी स्किन रोग विरुद्धको खोप जम्मा २ लाख २२ हजार ७५१ पशुलाई मात्रै लगाइएको छ । सबैभन्दा बढी कोशी प्रदेशमा ९४ हजार ९५९ पशुलाई लगाइएको छ भने सबैभन्दाकम सुदूरपश्चिम प्रदेशमा ३ हजार पशुलाई खोप लगाइएको छ ।

यस्तै, लुम्बिनी प्रदेश ८ हजार ५००, मधेस प्रदेश ९ हजार ७७५, कर्णाली प्रदेश १७ हजार ५००,गण्डकी ३२ हजार ६८४ र बागमती प्रदेश ५६ हजार ३३३ पशुलाई खोप लगाइएको छ । 

पशु सेवा विभागका वरिष्ठ पशुविज्ञ तथा सूचना अधिकारी डा.चन्द्र ढकालका अनुसार विभागले खोप आयातका लागि सहयोगीको भूमिका खेलेपनि सबै पशुलाई सरकार आफैले खरिद गरी निःशुल्क उपलब्ध गराउने अवस्थामा छैन ।

बढ्दै संक्रमण
नेपालमा हालसम्म ७ लाख ६४ हजार ६३८ बस्तुभाउ लम्पी स्किन रोगबाट संक्रमित भएका छन् । हाल सक्रिय संक्रमित २ लाख ४४ हजार २५८ पशु छन् ।
प्रदेशअनुसार संक्रमित पशुचौपाया र मृत्युको अवस्था
lampi
कहाँ चुक्योसंघीय सरकार
केन्द्र सरकारको समन्वयको अभावमा बस्तुभाउमा देखिएको संक्रामक लम्पीस्किन रोग आउटअफ कन्ट्रोल भएको हुँदा पछिल्लो समय केन्द्र, प्रदेश र स्थानीयहरू उत्तरदायित्व लिन नखोजेको महासचिव श्रेष्ठको भनाइ छ ।  

उनले भने, ‘महामारीको रुपमा फैलिसकेको अवस्थामा विभागले स्थानीय तहको जिम्मा हो भनेर पन्छिन हुँदैन । सङ्क्रमण देखिने वित्तिकै विभागले एक्सनमा जान नसक्दा देशभर महामारी फैलिएको हो ।’  

जिल्ला पशु सेवा कार्यालयका पर्वतका पशु चिकित्सक रामजी शर्मा भन्छन्, ‘रोपाईको चटारो छ । संक्रमण भएका पशु जोगाउन खोप लगाउन खोज्दा मिलेको छैन । खोप लगाएको दुई तीनसम्म जोत्न नसक्ने हुँदा किसानहरूले लगाउन चाहदैँनन् ।’ 

महामारीको रुपमा स्किन फैलिएपछि केन्द्र सरकारले  रोगको पहिचान, उपचार, नियन्त्रण र खोप व्यवस्था गरी किसानको घर घरसम्म पुग्ने योजना बनाइ कार्य नगरेसम्म यस महामारीले भयावह रुप लिने श्रेष्ठले बताए । 

यो संक्रामक रोग बजेट निर्माण गर्नु अगावै देशका विभिन्न भागमा फैलिएको थियो । त्यस समयमा यस रोगको फैलावटको अवस्थालाई बेवास्ता गरी बजेट विनियोजनका लागि पहल नगर्दा समस्या भएको उनले बताए ।

जिल्ला पशु सेवा कार्यालयका पर्वतका पशु चिकित्सक रामजी शर्मा भन्छन्, ‘रोपाईको चटारो छ । संक्रमण भएका पशु जोगाउन खोप लगाउन खोज्दा मिलेको छैन । खोप लगाएको दुई तीनसम्म जोत्न नसक्ने हुँदा किसानहरूले लगाउन चाहदैँनन् ।’ 

पर्वतको सातै पालिकामा लम्पी स्किन रोग फैलिएपछि स्थानीय तह र प्रदेश सरकार गरी ३० लाख बराबरको खोप खरिद गरी आवश्यकता आधारमा दिइने कार्य भएको उनले बताए । 

के गर्दैछ विभाग ?

लम्पी स्किनले धेरै गाईभैँसी प्रभावित भएपछि पशुसेवा विभागले प्रत्येक पालिकालाई विहीवार चालु आर्थिक वर्ष अन्तर्गतकै बजेटबाट एक–एक लाख रुपैयाँ पठाएको छ । विभागले ७ करोड ६० लाख रुपैयाँ पालिकाहरुलाई पठाएको विभागका वरिष्ठ पशुचिकित्सक डा. ढकालले बताए । 

मूलतः पशुमा लाग्ने यस्ता रोग तथा तिनको उपचारका लागि स्थानीय तहले नै आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने डा ढकाल बताउँछन् । स्मरण रहोस्, कुल बजेटको २ प्रतिशतमात्रै पशुपन्छीको क्षेत्रमा विनियोजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप