संसद बैठक
सांसद सुमना श्रेष्ठले संसदमा ‘गुण्डा’ भनेपछि संसदको रेकर्डबाट हटाउन माग
आइतबार, ३१ असार २०८०, १७ : ३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा असंसदीय शब्द बोलेपछि त्यसलाई हटाउन सांसद राजेन्द्र बजगाईले माग गरेका छन् ।
आइतबार बसेको बैठकमा सांसद श्रेष्ठले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि विरोधको सूचना राखेकी थिइन । सो बिधेयकमाथि बोल्ने क्रममा गुण्डाशैली भनेपछि संसदको रेकर्डबाट हटाउन माग भएको हो ।
सांसद बजगाईले भने– ‘माननीय सुमना श्रेष्ठले बहुमतका आधारमा बिधेयक पास गर्ने भए, ‘गुण्डाशैलीमा पास गर्ने भए’ भन्ने अभिव्यक्ति दिनुभएको कारणले संसदीय मर्यादाभित्रको भाषा प्रयोग नभएको कारणले गर्दा अविलम्ब संसदको रेकर्डबाट डिलिट हुनुपर्छ भन्ने मेरो माग रहेको छ ।’
सभामुख देवराज घिमिरेले सांसद बजगाईले भनेको भनाईप्रति ध्यानाकर्षण भएको बताउँदै अभिब्यक्ति के आएको छ हेरेर उचित निर्णय लिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण