संसद बैठक
सांसद सुमना श्रेष्ठले संसदमा ‘गुण्डा’ भनेपछि संसदको रेकर्डबाट हटाउन माग
आइतबार, ३१ असार २०८०, १७ : ३५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा असंसदीय शब्द बोलेपछि त्यसलाई हटाउन सांसद राजेन्द्र बजगाईले माग गरेका छन् ।
आइतबार बसेको बैठकमा सांसद श्रेष्ठले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि विरोधको सूचना राखेकी थिइन । सो बिधेयकमाथि बोल्ने क्रममा गुण्डाशैली भनेपछि संसदको रेकर्डबाट हटाउन माग भएको हो ।
सांसद बजगाईले भने– ‘माननीय सुमना श्रेष्ठले बहुमतका आधारमा बिधेयक पास गर्ने भए, ‘गुण्डाशैलीमा पास गर्ने भए’ भन्ने अभिव्यक्ति दिनुभएको कारणले संसदीय मर्यादाभित्रको भाषा प्रयोग नभएको कारणले गर्दा अविलम्ब संसदको रेकर्डबाट डिलिट हुनुपर्छ भन्ने मेरो माग रहेको छ ।’
सभामुख देवराज घिमिरेले सांसद बजगाईले भनेको भनाईप्रति ध्यानाकर्षण भएको बताउँदै अभिब्यक्ति के आएको छ हेरेर उचित निर्णय लिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश, फेरियो राजावादीको रणनीति
-
आईसीसी विश्वकप लिग २ः नेपालसँग नेदरल्यान्डस ५ विकेटले पाराजित
-
सभामुख घिमिरे र राजदूत अब्देलघानीबीच भेटवार्ता
-
जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : शङ्कर पोखरेल
-
भारतमा मार्च १ देखि जनगणना हुने
-
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण