कुकुरसँग समुद्रमा फसेका व्यक्तिको दुई महिनापछि उद्धार
कुकुरसँग समुद्रमा फसेका एक व्यक्तिको दुई महिनापछि उद्धार गरिएको छ । एक अस्ट्रेलियाली नाविक आफ्नो कुकुरसहित दुई महिनादेखि समुन्द्रमा फसेका थिए । टिम श्याडकले समुद्रको पानी पिएर र काँचो माछा खाएर आफ्नो पेट भरे ।
हालै ५१ वर्षीय टिम र उनको कुकुर बेलाको उद्धार गरिएको छ । टिमको अवस्था स्थिर रहेको र अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् ।
सिड्नीमा बस्ने टिमले अप्रिलमा आफ्नो कुकुर लिएर मेक्सिको छोडेर फ्रेन्च पोलिनेसिया गएका थिए । त्यसपछि प्रशान्त महासागरमा आएको आँधीका कारण उनको डुङ्गा बिग्रियो र उनी समुद्रमा फसे ।
यसै हप्ता, टिमलाई हेलिकप्टरमा सवार एक टोलीले देख्यो । त्यसपछि उनलाई उद्धार गर्न सकिएको हो ।
नाइन न्युजलाई दिएको अन्तर्वार्तामा टिमले आफ्नो सङ्घर्ष बारे भने, ‘समुद्रमा फसेको दिन मेरा लागि निकै कठिन थियो । म अहिले आराम गरिरहेको छु र राम्रो खाना खाइरहेको छु किनकि म लामो समयदेखि समुद्रमा फसेको थिएँ । मेरो स्वास्थ्य राम्रो छ ।’
टिमले माछा मार्ने हुकले आफूलाई धेरै मद्दत गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण