डीएसपीमाथि भएको आक्रमण छानबिन गर्न समिति गठन
आइतबार, ०७ साउन २०८०, १० : २१
काठमाडौँ । महोत्तरीको जलेश्वरमा नेपाल प्रहरीका नायव निरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत यादवमाथि जलेश्वर नगरपालिका–२ बसपार्कस्थित विद्यापति नगरमा कुटपिट भएको बताइएको छ ।
घटना बिहिबार राति १० बजेको हो । डीएसपी यादवले आफूमाथि आक्रमण भएको भनेर जानकारी गराएको मधेस प्रदेशका डीआईजी जनक भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘सत्यतथ्य छानबिन गर्न समिति बनेको छ, समितिले छानबिन गर्दै छ ।’
डीआईजी भट्टराईले घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् । आक्रमणबाट डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । उनी उपचारका लागी काठमाडौंमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण