बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डीएसपीमाथि भएको आक्रमण छानबिन गर्न समिति गठन

आइतबार, ०७ साउन २०८०, १० : २१
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । महोत्तरीको जलेश्वरमा नेपाल प्रहरीका नायव निरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत यादवमाथि जलेश्वर नगरपालिका–२ बसपार्कस्थित विद्यापति नगरमा कुटपिट भएको बताइएको छ ।

घटना बिहिबार राति १० बजेको हो । डीएसपी यादवले आफूमाथि आक्रमण भएको भनेर जानकारी गराएको मधेस प्रदेशका डीआईजी जनक भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘सत्यतथ्य छानबिन गर्न समिति बनेको छ, समितिले छानबिन गर्दै छ ।’

डीआईजी भट्टराईले घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् । आक्रमणबाट डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । उनी उपचारका लागी काठमाडौंमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप