कांग्रेसको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ : विमलेन्द्र निधि
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताए ।
उनले पार्टीको दृष्टिकोण सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरूपको हुनुपर्ने बताए । उनले संविधान र कानुनलाई संशोधन गरेर भए पनि प्रदेशहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
‘यो पाँच वर्षसम्म त गठबन्धन ठिकै छ । पाँच वर्षपछि रूपान्तरणका लागि गठबन्धनको प्रयोग गरेर नेपाली कांग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ,’ उनले भने, ‘तीनै तहको लागि चुनावको तयारी गरौँ । पार्टीको सङ्गठन सुदृढीकरण गरौँ । विस्तारित गरौँ । त्यस काममा हामी लागौँ । प्रदेशहरूको अधिकारलाई सुनिश्चित गरौँ । संविधान संशोधन गर्नुपर्छ भने गरौँ । कानुनमा संशोधन गर्नुपर्छ भने गरौँ । यसका लागि नेपाली कांग्रेसमा आज व्यक्ति र नाम परिवर्तन भन्दा पनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ ।’
नेता निधिले अहिलेको प्रणालीअनुसार आफूलाई तयार पार्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदानुकुलको दृष्टिकोण परिवर्तनका लागि हामीले आफूलाई तयार गर्नुपर्छ ।’
उनले अहिलेको लागि गठबन्धन ठिक भए पनि आगामी निर्वाचनमा भने कांग्रेस एक्लैले बहुमत ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण