कांग्रेसको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ : विमलेन्द्र निधि

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताए ।
उनले पार्टीको दृष्टिकोण सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरूपको हुनुपर्ने बताए । उनले संविधान र कानुनलाई संशोधन गरेर भए पनि प्रदेशहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
‘यो पाँच वर्षसम्म त गठबन्धन ठिकै छ । पाँच वर्षपछि रूपान्तरणका लागि गठबन्धनको प्रयोग गरेर नेपाली कांग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ,’ उनले भने, ‘तीनै तहको लागि चुनावको तयारी गरौँ । पार्टीको सङ्गठन सुदृढीकरण गरौँ । विस्तारित गरौँ । त्यस काममा हामी लागौँ । प्रदेशहरूको अधिकारलाई सुनिश्चित गरौँ । संविधान संशोधन गर्नुपर्छ भने गरौँ । कानुनमा संशोधन गर्नुपर्छ भने गरौँ । यसका लागि नेपाली कांग्रेसमा आज व्यक्ति र नाम परिवर्तन भन्दा पनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ ।’
नेता निधिले अहिलेको प्रणालीअनुसार आफूलाई तयार पार्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदानुकुलको दृष्टिकोण परिवर्तनका लागि हामीले आफूलाई तयार गर्नुपर्छ ।’
उनले अहिलेको लागि गठबन्धन ठिक भए पनि आगामी निर्वाचनमा भने कांग्रेस एक्लैले बहुमत ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
-
कञ्चनपुरका सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको प्रगति, न्यूक्यासल र चेल्सीलाई पछि पार्यो
-
चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
महाशिला गाउँपालिकाको नीति तथा कार्यक्रम गुरुङ भाषामा
-
कुन देशको मुद्राको विनिमय दर कति ?