शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा खानेपानीको हाहाकार भएपछि छलफलमा जुट्यो मन्त्रालय

बिहीबार, ११ साउन २०८०, १३ : ५३
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । तराई मधेसमा पानी हाहाकार भएको छ । चपा (हाते कल) कल, इनार सुक्न थालेपछि तराई मधेसका विभिन्न जिल्लामा पानीको हाहाकार भएको हो । 

पानीको हाहाकारको विकल्पको बारेमा सरकारले छलफल थालेको छ । तराई मधेसमा देखिएको खानेपानी समस्या र समाधानका उपायको विषयमा खानेपानी मन्त्री महेन्द्रराय यादवले मन्त्रालयमा छलफल गरिरहेका छन् ।  

खानेपानी मन्त्री यादवले मन्त्रालयमा तराई मधेसका सांसद तथा अन्य सरोकारबालाहरुलाई राखेर छलफल गरिरहेका हुन् ।

मधेस प्रदेशका आठ वटै जिल्लामा यो समस्या देखिएको छ । महेन्द्रराजमार्ग तल तथा त्यस वरपर पानीको अत्यधिक हाहाका  भएको छ । महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्साका कतिपय ठाउँमा ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको छ ।

स्थानीयहरु पानीको विकल्प खोजी रहेका छन् । पुराना इनार तथा कुवालाई सफा गरिरहेका छन् । पोखरी तथा तलाउलाई पनि प्रयोगमा ल्याउने गरी सरसफाइ सुरु गरिरहेको बताइएको छ । स्थानीय तहले सबै कुरा सम्भव नभएकाले तराई मधेसका नेताहरुले सरकारलाई गुहारेका छन् ।

एक साताअघि खानेपानी मन्त्री यादव र जसपाका नेता एवं पर्साका सांसद प्रदीप यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर तराई मधेसमा देखिएको पानीको हाहाकारको बारेमा ध्यानाकर्षण गराएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप