मधेसमा खानेपानीको हाहाकार भएपछि छलफलमा जुट्यो मन्त्रालय
काठमाडौँ । तराई मधेसमा पानी हाहाकार भएको छ । चपा (हाते कल) कल, इनार सुक्न थालेपछि तराई मधेसका विभिन्न जिल्लामा पानीको हाहाकार भएको हो ।
पानीको हाहाकारको विकल्पको बारेमा सरकारले छलफल थालेको छ । तराई मधेसमा देखिएको खानेपानी समस्या र समाधानका उपायको विषयमा खानेपानी मन्त्री महेन्द्रराय यादवले मन्त्रालयमा छलफल गरिरहेका छन् ।
खानेपानी मन्त्री यादवले मन्त्रालयमा तराई मधेसका सांसद तथा अन्य सरोकारबालाहरुलाई राखेर छलफल गरिरहेका हुन् ।
मधेस प्रदेशका आठ वटै जिल्लामा यो समस्या देखिएको छ । महेन्द्रराजमार्ग तल तथा त्यस वरपर पानीको अत्यधिक हाहाका भएको छ । महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्साका कतिपय ठाउँमा ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको छ ।
स्थानीयहरु पानीको विकल्प खोजी रहेका छन् । पुराना इनार तथा कुवालाई सफा गरिरहेका छन् । पोखरी तथा तलाउलाई पनि प्रयोगमा ल्याउने गरी सरसफाइ सुरु गरिरहेको बताइएको छ । स्थानीय तहले सबै कुरा सम्भव नभएकाले तराई मधेसका नेताहरुले सरकारलाई गुहारेका छन् ।
एक साताअघि खानेपानी मन्त्री यादव र जसपाका नेता एवं पर्साका सांसद प्रदीप यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर तराई मधेसमा देखिएको पानीको हाहाकारको बारेमा ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण