आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा

शनिबार, १३ साउन २०८०, १३ : ३३
शनिबार, १३ साउन २०८०

काठमाडौँ । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन् । 

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहो¥याई, तेहेर्याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए । 

‘ज्येष्ठ नागरिकहरु चिडियाघरमा आउँदा अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदा उहाँहरुले राम्रोसँग दृश्यावलोकन गर्न सकुन् भन्नका लागि एउटा सटन बसको व्यवस्थापन गर्न गइरहेको छु’ उनले भने, ‘त्योचाहीँ लगभग १४/१५ सिटको हुन्छ, घुमी रहन्छ । बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हेर्यो । अर्को ठाउँमा गयो, अर्को हेर्यो । त्यो दोहोर्याई, तेहर्याई हेर्न पाउने गरी म निकट भविष्यमै बसको व्यवस्थापन गर्न गइरहेको छु ।’

मेयर महर्जनले सो चिडियाखाना अगाडि चालू आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप