चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा
काठमाडौँ । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सो चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ आफूले सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन् ।
विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको हुने सो बस घुमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहो¥याई, तेहेर्याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए ।
‘ज्येष्ठ नागरिकहरु चिडियाघरमा आउँदा अथवा अपांगता भएका व्यक्तिहरु चिडियाघरमा आउँदा उहाँहरुले राम्रोसँग दृश्यावलोकन गर्न सकुन् भन्नका लागि एउटा सटन बसको व्यवस्थापन गर्न गइरहेको छु’ उनले भने, ‘त्योचाहीँ लगभग १४/१५ सिटको हुन्छ, घुमी रहन्छ । बाघको सेक्सनमा पुग्यो, ओर्लेर बाघ हेर्यो । अर्को ठाउँमा गयो, अर्को हेर्यो । त्यो दोहोर्याई, तेहर्याई हेर्न पाउने गरी म निकट भविष्यमै बसको व्यवस्थापन गर्न गइरहेको छु ।’
मेयर महर्जनले सो चिडियाखाना अगाडि चालू आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण