४६ हजार वर्ष पुरानो किरालाई वैज्ञानिकले जीवित पारे
वैज्ञानिकले ४६ हजार वर्ष पुरानो किरालाई पुनर्जीवित पारेको छ । अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा समूहले साइबेरियाको पर्माफ्रोस्ट (सधैँ बरफले जमेको जमिन)मा करिब ४६,००० वर्षदेखि निष्क्रिय अवस्थामा रहेका कीरालाई पुनर्जीवित गरेको बताएका छन् ।
वैज्ञानिकका अनुसार यी साना कीराहरू पृथ्वीमा जीवित हुँदा संसार धेरै फरक थियो । त्यति बेला ठुला दाँत भएका बाघहरू हुन्थे र उत्तर अमेरिका, युरोप र एसियाका अधिकांश भाग बरफले ढाकेका थिए ।
जर्मनीको ड्रेसडेनमा वैज्ञानिकहरूको टोलीले क्रिप्टोबायोसिस भनिने अवस्थामा फसेका लामो समयदेखि लोप भइरहेका कीराहरूलाई पुनर्जीवित गरेको बताएका छन् । यस्तो स्थितिमा किराहरूले खराब परिस्थितिमा आफ्नो मेटाबोलिजमलाई बन्द गर्न सक्छन् ।
यिनीहरूलाई पानी र खाना दिएपछि यी कीराहरू करिब एक महिना बाँचे र यिनीहरूले १०० नयाँ किरा जन्माए ।
These 46,000-year-old worms came to life after scientists defrosted them from the Siberian permafrost pic.twitter.com/oF2T5LdbwQ
— Reuters (@Reuters) July 28, 2023
अन्वेषकहरूले ती कीरा गाडिएको माटोको अध्ययन गरेर यिनीहरूको उमेर पत्ता लगाएका हुन् । यो करिब ४६ हजार वर्ष पुरानो माटो हो ।
म्याक्स प्लेङ्क इन्स्टिच्युट अफ मोलिक्युलर र सेल बायोलोजी एन्ड जेनेटिक्समा प्राध्यापक एमेरिटस टेयमुरास कुर्जचालियाले यो किरा साइबेरियाली पर्माफ्रोस्टमा सतहभन्दा ४० मिटर मुनी निष्क्रिय अवस्थामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण