शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी थर प्रकरण : सर्वोच्च अदालतद्वारा राहुल गान्धीको सजायमा रोक

शुक्रबार, १९ साउन २०८०, १४ : ०९
शुक्रबार, १९ साउन २०८०

मोदी थर मानहानि मुद्दामा सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको छ । राहुल गान्धीको याचिकामा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ भयो ।

मोदी थर प्रकरण – कहिले के भयो ?

सन् २०१९ मा, कर्नाटकमा एक र्‌यालीमा, राहुल गान्धीले भने– सबै चोरको नाममा मोदी थर किन हुन्छ । 

राहुल गान्धीले नीरव मोदी र ललित मोदीको नाम लिएर प्रधानमन्त्री मोदीमाथि कटाक्ष गरिरहेका थिए । 

गुजरातका बीजेपी नेता पूर्णेश मोदीले यस टिप्पणीको विरुद्ध आईपीसी धारा अन्तर्गत उजुरी दिए । मानहानिको मुद्दा अदालत पुग्यो ।

सुरजको अदालतमा मुद्दा चल्यो र मार्चमा राहुललाई दुई वर्षको सजाय सुनाइयो ।

लोकसभा सचिवालयले राहुल गान्धीको संसद् सदस्यता खारेज गर्ने नोटिस जारी गरेको छ । 

अदालतको फैसलाविरुद्ध राहुल गान्धी गुजरात उच्च अदालत गएका थिए । गुजरात उच्च अदालतले सूरत उच्च अदालतको निर्णयलाई समर्थन गर्‍यो ।

उच्च अदालतपछि राहुल गान्धीले सर्वोच्च अदालतको ढोका ढकढक्याए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप