बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भारतले इपिजी नबुझ्नु गम्भिर विषय हो : राजन भट्टराई

शुक्रबार, १९ साउन २०८०, १५ : ४८
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । एमालेका विदेश विभाग प्रमुख एवं इपिजीका सदस्य राजन भट्टराईले भारतले इपिजी प्रतिवेदन नबुझ्नु गम्भीर विषय रहेको बताएका छन् । इपिजी प्रतिवेदनको बारेमा दुवै देश एक ठाउँमा नउभिए अरु कुन कुरामा उठ्ने भन्दै उनले  प्रश्न समेत गरे ।  

दुवै देशको हितमा प्रतिवेदन तयार भएको बताउँदै उनले त्यसलाई कार्यान्वयनमा ल्याउन दुवै देश एकजुट हुनुपर्ने धारणा राखे । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘इपिजीमा भएको विषयबारे जनताले जानकारी पाउनु लोकतान्त्रिक अधिकार हो, त्यसलाई जनतामा कसरी लैजाने त्यसको बारेमा छलफल गर्नुपर्ने आवश्यकता छ ।’

भट्टराईले इपिजी तयार गर्दा दुवै देशको सहमतिमा प्रतिवेदन तयार पारिएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप