शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राहुल गान्धीको लोकसभा सदस्यता बहाल

सोमबार, २२ साउन २०८०, ११ : २१
सोमबार, २२ साउन २०८०

कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता बहाल भएको छ । राहुल गान्धी केरलको वायनाडबाट लोकसभा सांसद हुन् । यस सम्बन्धमा सोमबार लोकसभा सचिवालयले एक सूचना जारी गरेको हो ।

सन् २०१९ मा राहुल गान्धीले ‘मोदी थर’ बारे एक बयान दिएका थिए । यसको विरुद्धमा भाजपा विधायक पूर्णेश मोदी सुरतको तल्लो अदालत पुगेका थिए ।

तल्लो अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतले फैसला गरेको २४ घण्टाभित्र उनको लोकसभाको सदस्यता खारेज भएको थियो ।

तर, शुक्रवार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको थियो । त्यसपछि उनको सदस्यता पुनर्स्थापना भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप