राहुल गान्धीको लोकसभा सदस्यता बहाल
कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता बहाल भएको छ । राहुल गान्धी केरलको वायनाडबाट लोकसभा सांसद हुन् । यस सम्बन्धमा सोमबार लोकसभा सचिवालयले एक सूचना जारी गरेको हो ।
सन् २०१९ मा राहुल गान्धीले ‘मोदी थर’ बारे एक बयान दिएका थिए । यसको विरुद्धमा भाजपा विधायक पूर्णेश मोदी सुरतको तल्लो अदालत पुगेका थिए ।
तल्लो अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतले फैसला गरेको २४ घण्टाभित्र उनको लोकसभाको सदस्यता खारेज भएको थियो ।
तर, शुक्रवार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा रोक लगाएको थियो । त्यसपछि उनको सदस्यता पुनर्स्थापना भएको हो ।
Lok Sabha Secretariat restores membership of Wayanad MP Rahul Gandhi after the Supreme Court on Friday (August 4) stayed his conviction in the ‘Modi’ surname remark case.
— ANI (@ANI) August 7, 2023
He was disqualified from the lower house in March 2023. pic.twitter.com/UBE3FvCGEN
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण