दुबईबाट इराक जान लागेको विमानबाट निस्कियो भालु
दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्कियो । उडान भर्नु ठिक अघि विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चियो । यसै कारण विमानले उडान भर्न एक घण्टा ढिलो गर्यो । उडान भर्न समय लागेपछि विमानका क्याप्टेनले यात्रीसँग माफी मागे । घटना शुक्रवारको हो ।
इराकका प्रधानमन्त्रीले घटनाको छानविन गर्न आदेश दिएका छन् । यस्तै, इराकको एयरलाइन्सले यसमा आफ्नो केही गल्ती नभएको बताएको छ । आफूहरूले भालुलाई बेहोस बनाउन दुबईका अधिकारीलाई पूरा सहयोग गरेको बताए । यसो गर्दा पनि भालु विमानको कार्गोबाट कसरी निस्कियो भन्नेबारे आफूलाई थाहा नभएको इराकको एयरलाइन्सले बताएको छ ।
भालुलाई दुबईबाट बगदाद लैजान लागिएको थियो
इराक एयरवेजका अनुसार भालुलाई दुबईबाट बगदाद लैजान लागिएको थियो । भालुलाई ट्रान्सपोर्ट गर्नका लागि इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनका सबै मापदण्ड पालना गरेको एयरलाइन्सले बताएको छ ।
شاهد الدبّ الذي تسبّب بهلع المسافرين على متن طائرة #الخطوط_الجوية_العراقية وتأجيل رحلتهم المقرّرة لوقت pic.twitter.com/B0VE3MPi0s
— Rudaw عربية (@rudaw_arabic) August 4, 2023
भालुलाई विमानबाट निकाल्दा सबै यात्रीलाई ओरालियो । सोसल मिडियामा भाइरल भएको भिडियोमा केही मानिसले भालुलाई पुनः कार्गोमा हालिरहेको देख्न सकिन्छ । घटनामा कुनै यात्रीलाई चोट पुगेन ।
दुबई विमानस्थलले केही भन्न मानेन
दुबई विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलमध्ये एक हो । यसबारे दुबई विमानस्थलले कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ । यस्तै, अधिकारीले भालुका मालिकको नाम भन्न पनि चाहेनन् । इराकमा धनाढ्यबीच भालु पाल्ने प्रचलन लगातार बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण