गजल
हेर्नुछ आज
शनिबार, २७ साउन २०८०, ०६ : ३८
खाएको कसम तोड्छन्–तोड्दैनन् हेर्नुछ आज ।
भट्टी चहार्न छोड्छन्–छोड्दैनन् हेर्नुछ आज ।।
भन्न त भने हुन्छौँ ‘रूपान्तरण’ दिल खोलेर
आफ्नै ‘भुँडी’ फोड्छन्–फोड्दैनन् हेर्नुछ आज ।।
मौलाएको छ ‘ऐँजेरु–वनमारा’ उनको बारीमा
एकचित्त भई गोड्छन्–गोड्दैनन् हेर्नुछ आज ।।
लागेका थिए बाटो बिराउन ती ‘बटुवा’ले
फर्केर पाइला मोड्छन्–मोड्दैनन् हेर्नुछ आज ।।
बाबाको अर्ती भुलेर आपसमा फुटे ऐनाझैँ
फेरि सम्बन्ध जोड्छन्–जोड्दैनन् हेर्नुछ आज ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण