बस्नेतलाई मिस लिटल आइडल २०२३ को उपाधि
काठमाडौँ प्याब्सन र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको मिस लिटल आइडल २०२३ को उपाधि क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरकी शोषिका बस्नेतले चुमेकी छिन् । राजधानीस्थित सांस्कृतिक संस्थान, नाचघर जमलमा शनिवार सम्पन्न कार्यक्रममा १७ स्कुलका ६८ प्रतिस्पर्धीलाई उछिन्दै उनले सो उपाधि प्राप्त गरेकी हुन् । बस्नेतले दोस्रो पटकको प्रयासमा यो उपाधि चुम्न सफल भएकी हुन् ।
मिस लिटल आइडल फस्ट रनरअपको उपाधि भने नेसनल ब्लुमिङ हाई स्कुल बुढानीलकण्ठमा कक्षा ६ मा अध्ययनरत प्राप्ति कुँवरले हात पार्न सफल भएकी छिन् ।
त्यस्तै मिस लिटल आइडल सेकेन्ड रनरअपको क्याम्ब्रिज स्कुलमा कक्षा ६ मा अध्ययनरत बेला महर्जनले हात पार्न सफल भएकी छिन् । ज्ञान निकेतन इङ्गलिस स्कुल कक्षा ६ मा अध्ययनरत पतीज्ञा पाण्डे मिस लिटल ट्यालेन्ट २०२३ को उपाधि चुम्न सफल भएकी छिन् ।
प्याब्सन काठमाडौँकी उपाध्यक्ष तथा मिस लिटल आइडलकी आयोजक रिता राई दाहालका अनुसार लिटल आइडल २०२३ विजेता बस्नेतले ताज, ३० हजार र एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छिन् ।
फस्ट रनरअप कुँवरले ले २० हजार नगद र पढिरहेको विद्यायमा छात्रवृत्ति प्राप्त गरेकी छिन् । सेकेन्ड रनरअफ महर्जनले ताज, १० हजार नगद र पढिरहेको विद्यालयमा छात्रवृत्तिको व्यवस्था छ ।
मिस लिटल ट्यालेन्ट पाण्डेले अध्ययन गरिरहेको विद्यालयमा एक वर्षको स्कलरसिप र १० हजार रुपियाँ नगद तथा ताज हात पार्न सफल भएकी छिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै रीता राई दाहालले छोरीहरुको मनोबल उच्च बनाउन र अभिव्यक्ति क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।
सो प्रतियोगिताका लागि साउन ६ गते ७० जना बालिका छनोट गरी मिस मङ्गोल शिभिरा लामा र प्रसिद्ध कोरियोग्राफर रोजिन महर्जनले प्रशिक्षण दिँदै आएका थिए । त्यसको पहिलो चरणको मिस लिटल आइडलको ट्यालेन्ट सो साउन २० गते शनिवार बिहान ११ बजे सांस्कृतिक संस्थान नाचघरमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण