मन्त्रिपरिषद् हेरफेर
नयाँ मन्त्री अनिता साहको शपथ भोलि १० बजे
आइतबार, २८ साउन २०८०, १८ : ३८
काठमाडौँ । जनमत पार्टीबाट मन्त्री बन्न लागेकी अनिता कुमारी साहको शपथ भोलि (सोमबार) हुने भएको छ ।
साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।
जनमतले मन्त्रीका लागि यसअघि नै साहको नाम सिफारिस गरेको थियो ।
आइतबार बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहलाई सोही मन्त्रालय वा अन्य कुनै मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन ।
यसअघि गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा जनमतबाट खानेपानी मन्त्री भएका अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण