पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने व्यक्ति पक्राउ
सोमबार, २९ साउन २०८०, १६ : ४३
काठमाडौँ । वैदेशिक रोजगारीमा पोर्चुगलको सपना देखाएर पीडितलाई ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौँको सिनामंगल बस्ने ३१ वर्षीय उमेश सेती सुरुवाल रहेका छन् ।
उनले सुरज श्रेष्ठ समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै ३९ लाख ठगेको प्रहरीले जनाएको छ ।
उनले प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि कृषि कम्पनीमा १ लाख तलब आउने काममा लगाइदिने प्रलोभन दिँदै पीडितहरुलाई पटकपटक गरी ३९ लाख रुपैयाँ उठाएर भागेका थिए ।
पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियुक्तलाई बौद्धबाट पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण