युवालाई भविष्यप्रति आशावादी बनाउँदै विदेश जानबाट रोक्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई भविष्यप्रति आशावादी बनाउँदै ९ लाख युवालाई विदेशी जान रोक्नु प्रमुख प्राथमिकताको विषय भएको बताएका छन् ।
बुधवार काठमाडौँमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले उद्यमशिलतालाई प्रोत्साहन गरी युवाहरुलाई उद्यमसिलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको बताए । उनले युवाहरुलाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउन आवश्यक रहेको बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले उद्यमशीलता अरुले सिकाएर नआउने भन्दै युवाहरु भित्रबाट आउनुपर्ने बताए । उनले उद्यमशीलता व्यक्तिको अन्तरनिहीत गुण भएकाले आयात गरेर वा सिकेर नहुने बताए । जोखिम लिएर व्यवसाय गर्ने र अरुलाई उदाहरण दिन सक्नेगरी नेतृत्व गर्नसक्ने क्षमता आफूभित्रबाट विकास गर्नु उद्यमशीलता भएको उनको भनाई छ ।
पूर्वअर्थमन्त्री खतिवडाले परम्परागत रुपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशिलताको विकास हुन थालेको बताए । उनले अहिले विकास भएका उद्यमसिलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको बताए । उनले अब युवाहरुले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशीलता विकास गर्न आवश्यक रहेको बताए । उनले व्यवसाय गर्दा सानोबाट नै ठूलो हुने भन्दै युवाले गरेको इनोभेशन अरु भन्दा फरक बन्न सक्नुपर्ने बताए ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०७५ सालदेखि युवा उद्यमीहरुलाई बैंकहरुले सहुलियतपूर्ण कर्जाको माध्यमबाट अगाडि बढाउन कोसिश गरिरहेका बताए । उनले युवालाई बैंकले उच्च प्राथमिकतामा राखेर युवा उद्यमी कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले बैंकले विगतमा युवालक्षित ७ वटा कर्जा योजना ल्याएकोमा अहिले १० वटा बनाएको उल्लेख गरे ।
उनले अध्ययन सकेर नयाँ उद्यमशीलता गर्छु भन्नेहरुलाई बिना धितो लगानी पाउन चुनौती रहेको बताए । उनले विनाधितोको चुनौतिलाई आधार मानेर १० प्रकारकार कर्जा योजना ल्याएको विशेष गरी उत्पादन र रोजगारलाई जोड्ने श्रम बजारलाई उपयोग गर्ने रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण