बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अवकाशपछि प्रेम बस्यो, ८० वर्षमा विवाह गरे ; हनिमुन पनि गए

बुधबार, ३१ साउन २०८०, १७ : ०३
बुधबार, ३१ साउन २०८०

वृद्ध हुनुको अर्थ जीवन सकिनु होइन । अवकाशपछि मानिसहरूले सोच्ने गर्छन् कि अब त यो जीवनको अन्तिम चरण हो । तर ८२ वर्षका क्रिस्टोफर स्ट्रिट्स र ८१ वर्षकी रोजाले भने आम मानिसको जस्तो सोचेनन् । जागिरबाट अवकाश लिएपछि यी दुई घर परिवारबाट अलग्गिएर ‘रिटायरमेन्ट भिलेज’ मा गए । उनीहरू त्यहाँ सेवा गर्दै आफ्नो जीवन बिताउन चाहन्थे । क्रिस्टोफरकी श्रीमती थिइनन् यस्तै रोजाको पनि श्रीमानको केही वर्ष अघि निधन भएको थियो । यी दुई एक्लै थिए र आफ्नो जीवन खुसीमय तरिकाले बिताइरहेका थिए । जीवन यसरी नै बिताउने प्रक्रियामा यी दुईबीच प्रेम बस्यो । यी दुईले जुलाईको अन्तिममा इङ्ल्याण्डको केयानसम, सोमरसेटमा विवाह गरे । हनिमुन पनि गए ।

सुन्दा नौलो घटना लाग्ने रोजा र क्रिस्टोफरको कहानी निकै रोचक पनि छ । रोजा पहिलो भेटलाई स्मरण गर्दै भन्छिन्, ‘मैले उनलाई झ्यालमा बसिरहेको देखेँ । म उनको अगाडि बसिरहेकी थिएँ । सूर्यको प्रकाश उनीमाथि चम्किरहेको थियो र उनले निकै चम्किलो पहेँलो मोजा लगाएका थिए जुन प्रकाशमा लगभग चम्किरहेको जस्तो देखिन्थ्यो । त्यसपछि उनी म भएको ठाउँमा आएर सोफामा बसेँ । अनि हामीबीच कुरा हुन थाल्यो । त्यसपछि हामी दुईबीच कहिले माया बस्यो, पत्तै भएन । हामी दुईको रोजाई एउटै छ । कला, थिएटर, इतिहास र सङ्गीतमा उनलाई पनि रुचि थियो र मलाई पनि । हामी थप भेटघाट गर्न थाल्यौँ र एक दिन विवाहसम्म पुग्यौँ ।’

couple1डेली मेलका अनुसार रोजा खानी उद्योगमा कन्सलटेन्टको रूपमा काम गर्थे भने रोजा रजिस्टर्ड नर्स थिइन् । 

couple2पार्टनरको मृत्युपछि केहीमा मन लागिरहेको थिएन

दुवैको परिवार सोमरसेटमा बस्छन् । तर आ–आफ्नो जीवनसाथीको निधनपछि उनीहरूलाई केहीमा मन लागिरहेको थिएन र दुवै किशमको रिटायरमेन्ट भिलेज गए । क्रिस्टोफरले भने, ‘मलाई रोजा निकै आकर्षक, हेरविचार गर्ने खालको र सहानुभूतिपूर्ण लाग्यो । हामीबीच धेरै समानता छ । हामी सबैजसो ठाउँमा सँगै जान्थ्यौँ । धेरै कुराकानी गर्दथ्यौँ । उनी असाध्यै प्यारी छिन् र कहिलेकाहीँ मलाई रिस उठ्दा उनले शान्त बनाउँछिन् । ’

couple3रोजाले थपिन्, ‘सुरुदेखि नै मलाई क्रिस्टोफरसँग कुरा गर्न निकै सहज लाग्थ्यो । उनी एक राम्रा श्रोता हुन् । हामीले कुरा गर्ने विषयहरूमा धेरै संवेदनशील हुन्छन् । मलाई लाग्छ कि एक व्यक्तिमा पाइने यो अद्भुत गुण हो ।’

couple4पहिलो भेट भएको १८ महिनापछि विवाह

कफी मर्निङमा भएको पहिलो भेटघाटको १८ महिनापछि यो जोडीले जुलाईको अन्त्यमा विवाह गरे । विवाहमा दुवैको परिवारका सदस्यको उपस्थिति थियो । पछि उनीहरू हनिमुनमा पनि गए । क्रिस्टोफरले हाँस्दै भने, ‘मेरो प्रोपोजल पनि गज्जबको थियो । मैले घुँडा टेकेर उनलाई विवाहको प्रस्ताव राखेँ । घुँडा त टेकेँ तर उठ्न सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो । मैले बर्बाराएको जस्तो शैलीमा प्रस्ताव राखेँ । तर सौभाग्यले रोजाले हाँस्दै ‘हुन्छ’ भनिन् । त्यसैले हामीले विवाहको मिति निश्चित गर्‍यौँ । यो हामी दुबैका लागि निकै भावनात्मक थियो । हाम्रा सन्तान र नाति नातिनीहरू त्यहाँ थिए । यो एक अद्भुत दिन थियो र सबै कुरा त्यस्तै भयो जस्तो हामीले सोचेका थियौँ । 

couple5

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप