बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आलिया भट्टले भनिन्, ‘मेरा श्रीमानले लिपस्टिक पुछिदिन्छन्’, निशानमा रणवीर कपुर

बिहीबार, ३२ साउन २०८०, १३ : ४४
बिहीबार, ३२ साउन २०८०

बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुरको सम्बन्ध एकपटक पुनः सोसल मिडियामा चर्चामा आएको छ । यसको कारण आलिया भट्टको एउटा भिडियो हो, जसमा उनले लिपस्टिकको बारेमा कुरा गर्दै आफ्ना पति रणवीर कपूरको उल्लेख गरेकी छिन् ।

लाइफस्टाइल म्यागेजिन भोग इन्डियाको युट्युब च्यानलमा आलिया भट्टको एउटा भिडियो पोस्ट गरिएको छ । यस भिडियोमा आलिया भट्टले अनुहारमा मेकअप गरेको र पुछेको देख्न सकिन्छ । 

भिडियोमा आलियाले मेकअप गर्दा अपनाउनुपर्ने प्रक्रिया बारे पनि कुरा गरेको देखिन्छ ।

यसैबीच लिपस्टिक लगाउने तरिकाबारे कुरा गर्दै आलिया भन्छिन्, ‘मैले यो लिपस्टिक विवाहमा प्रयोग गरेकी थिएँ । मलाई यो लिपस्टिकको रङ्ग धेरै मन पर्छ । मैले लिपस्टिक लगाउने तरिका अनौठो छ । मलाई ओठमा लिपस्टिक घुमाउनुभन्दा लिपस्टिकलाई एकै ठाउँमा राखेर त्यसमा चाहिँ ओठ घुमाउन मनपर्छ ।’ 

आलियाले भनिन्, ‘यो तरिका मैले आफ्नै लागि बनाएको हुँ । मैले लगाएँ अब म यसलाई हटाउँछु किनभने मेरा श्रीमान् (रणवीर) मेरो प्रेमी हुँदा हामी नाइट आउटमा जाँदा सधैँ लिपस्टिक पुछ्न भन्थे । किनभने उनलाई मेरो ओठको प्राकृतिक रङ नै मनपर्छ ।’

यो भिडियोमा आलियाले रणवीर कपुरलाई अर्को प्रसङ्गमा पनि जोड्छिन् । 

परेलाको बारेमा कुरा गर्दै आलिया भन्छिन्, ‘मेरो श्रीमानको धेरै लामो सुन्दर परेला छन् । मेरी छोरी जन्मिँदा मैले छोरीको परेला छिटो हेर्न अह्राएकी थिएँ । धन्य, छोरीको परेला पनि लामा छन् । ’

रणवीरमाथि आलियाले जे भनिन्, त्यसमा महिलाको प्रतिक्रिया

आलिया भट्टकाे यो भिडियो लगभग ११ मिनेटको छ । तर सोसल मिडियामा लिपस्टिकबारे कुरा गरिएको केही सेकेन्डको हिस्सा चर्चामा छ ।

सोसल मिडियामा केही महिला रणवीरबारे पत्ता लागेको यो कुराको आलोचना गरिरहेका छन् र कतिले यसलाई जोडीको निजी  मामिला बताइरहेका छन् ।

ब्रिटेनको पत्रिका ‘द इन्डिपेन्डेन्ट’ को एसिया डेपुटी एडिटर ऋतुपर्णा चटर्जीले लेखेकी छिन्, ‘यसले मलाई असहज बनाइरहेको छ । एक महिलाको शरीरमा यस्तो नियन्त्रणले उनको जीवनको अन्य क्षेत्रलाई पनि प्रभावित पार्नेछ । महिलाले के लगाउने, के नलगाउने भनेर पुरुषले निश्चित गर्न सक्दैनन् । आलिया आफ्नो आवाज उठाउन सक्छिन् त्यसैले मलाई आशा छ उनी आफ्नै लागि उभिनेछिन् ।’

श्री कार्णिक नामका एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा लेख्छन्, ‘यो ठुलो कुरा होइन भनेर मानिसले किन भनिरहेका छन् भनेर म बुझ्न सक्छु । मलाई पनि केही सेकेन्डका लागि यस्तै लाग्यो । तर आफ्नो पार्टनरको प्राथमिकतालाई महत्त्व दिनु र आफूलाई आफ्नो प्राथमिकतामा हस्तक्षेप गर्न दिनु बीचमा भिन्नता छ । मेरा श्रीमानले म कस्तो देखिनुपर्छ भनेर आफ्नो प्राथमिकता कहिल्यै बताएनन् र मलाई मेरो बारे पनि कहिल्यै सोध्नुभएन । मलाई लाग्छ यो फरक छ ।’

सलोनी मित्तल लेख्छिन्, ‘म आलियाले भनेको कुरा बुझ्न सक्छु किनकि मेरो दिमागले पनि मलाई लिपस्टिक मेटाउन भन्छ, चाहे त्यो लिप ग्लस नै किन नहोस् । यस्तो भन्ने साथी र पुरुष मेरो सर्कलमा कहिल्यै भएनन् । यस्तो भन्ने काम सधैँ मेरो मनले गर्छ । त्यसैले कसैले यस्तो भन्दा त्यो गलत नै हो भनेर भन्न सकिँदैन ।’

सन्जनी शाह लेख्छिन्, ‘रणवीर कपुरले यस्तो भनेको यो पहिलो पटक होइन । उनीसँग ती सबै चीजहरू छन् जसले बताउँछ कि उनी विषाक्त हुन् ।’

अबिहाले लेखेका छन्, ‘भिडियोमा आलियाले स्पष्ट रूपमा भनेकी छिन् कि उनका श्रीमानलाई उनको ओठको प्राकृतिक रङ मनपर्छ । लिपस्टिक मन नपराउनुमा के गलत छ ?’

शामिया लेख्छिन्, ‘मेरा श्रीमानलाई पनि मेकअप मन पर्दैन । यसमा ठुलो कुरा के भयो र ? मलाई रणवीर कपुर मन पर्दैन तर तिलको पहाड नबनाउनुहोस् ।’

आलियाको कुरामा विवाद हुने बित्तिकै धेरै पुरुषले नचाहिने कुरालाई ठुलो नबनाउन भनेका छन् । धेरैले यसमा केही गलत नभएको पनि बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप