नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको सङ्ख्या २२ पुग्यो
शुक्रबार, ०१ भदौ २०८०, ११ : ३३
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पछिल्लो पटक थप ५ वटा कम्पनीलाई धितोपत्र बजार दलाल अनुमति पत्र (ब्रोकर लाइसेनस) प्रदान गरेको छ । बोर्डको साउन ३२ गतेको निर्णय अनुसार सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, र सनी सेक्युरिटिजलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।
योसँगै हालसम्म नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीहरूको सङ्ख्या २२ पुगेको छ । यसअघि बोर्डले तीन पटक गरेर १७ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो ।
पहिलो पटक ब्रोकर लाइसेन्सका लागि खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत सहभागी गराएको बोर्डले ४५ वटा आवेदन प्राप्त भएको जनाएको छ । जसमध्ये आवश्यक पूर्वाधारसहित प्रक्रिया पुर्याएर आवेदन दिएका कम्पनीहरूलाई क्रमशः लाइसेन्स प्रदान गरिएको बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण