नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको सङ्ख्या २२ पुग्यो
शुक्रबार, ०१ भदौ २०८०, ११ : ३३
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पछिल्लो पटक थप ५ वटा कम्पनीलाई धितोपत्र बजार दलाल अनुमति पत्र (ब्रोकर लाइसेनस) प्रदान गरेको छ । बोर्डको साउन ३२ गतेको निर्णय अनुसार सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, र सनी सेक्युरिटिजलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।
योसँगै हालसम्म नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीहरूको सङ्ख्या २२ पुगेको छ । यसअघि बोर्डले तीन पटक गरेर १७ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो ।
पहिलो पटक ब्रोकर लाइसेन्सका लागि खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत सहभागी गराएको बोर्डले ४५ वटा आवेदन प्राप्त भएको जनाएको छ । जसमध्ये आवश्यक पूर्वाधारसहित प्रक्रिया पुर्याएर आवेदन दिएका कम्पनीहरूलाई क्रमशः लाइसेन्स प्रदान गरिएको बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला