नायिका थिइन् अक्षय कुमारकी साली : ९ फिल्ममा काम, सात वटा फ्लप, त्यसपछि छोडिन् देश
राजेश खन्ना र डिम्पल कपाडियाकी कान्छी छोरी रिंकी खन्ना कुनै बेला नायिका थिइन् । राजेश खन्ना र डिम्पल झैँ परिवारकी कान्छी छोरी पनि लोकप्रिय स्टार बन्ने आशा धेरैले गरेका थिए । तर उनी आफ्नी दिदीभन्दा पनि पछि परिन् र अभिनयमा धेरै समय टिक्न सकिनन् ।
रिंकीले सन् १९९९ मा म्युजिकल ड्रामा ‘प्यारमा कभी कभी’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उक्त फिल्मका लागि रिंकीले सन् २००० मा बेस्ट फिमेल डेब्यूका लागि जी सिने पुरस्कार पनि जितेकी थिइन् ।
रिंकीको बलिउड करियर पाँच वर्षसम्म मात्रै चल्यो र यी वर्षमा उनले जम्मा ९ वटा फिल्ममा अभिनय गरिन् जसमा ‘जिस देश में गंगा रहता है (सन् २०००), मुझे कुछ कहना है (सन् २००१), ये हे जलवा (२००२), प्राण जाए पर शान ना जाए (सन् २००३), झंकार बीट्स (सन् २००३) पर्छन् । उनको अन्तिम फिल्म चमेली (सन् २००४) थियो ।
यद्यपि, रिंकीका ९ मध्ये ७ फिल्म फ्लप भए र प्राण जाए पर शान ना जाए त सुपर फ्लप नै भयो । रिंकीको एउटा फिल्म ‘मुझे कुछ केहेना है’ सुपरहिट भयो जसमा मुख्य अभिनेत्री करिना कपुर थिइन् र सहायक अभिनेत्री रिंकी थिइन् ।
रिंकीले बलिउडमा मात्रै नभई साउथमा पनि अभिनय गरेकी थिइन् तर त्यहाँ पनि उनले दर्शकलाई प्रभावित पार्न सकिनन् । स्मरण रहोस्, रिंकीले आफ्नो तमिल डेब्यू मजुनू (सन् २००१) बाट गरेकी थिइन् । लगातार फ्लप भएपछि रिंकीले अभिनय क्षेत्र नै छोड्ने मन बनाइन् ।
त्यसपछि रिंकीले सन् २००३ मा सफल व्यापारी समीर सरनसँग विवाह गरिन् र देश छोडेर बेलायतमा सिफ्ट भइन् ।
रिंकी अब दुई छोरीकी आमा भइसकेकी छिन् । उनी दिदी ट्विंकल खन्ना र भिनाजु अक्षय कुमार र उनीहरूका दुई सन्तानलाई भेट्न धेरैजसो मुम्बई आइरहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह
-
युक्रेनले रूसको अनलाइन रिटेल कम्पनीका थप दुई वटा गोदाममा गर्यो आक्रमण
-
सुकुमबासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण