सन्नी देओलले जुहु बंगला लिलामी मामिलामा दिए यस्तो प्रतिक्रिया

बलिउड अभिनेता सन्नी देओलले मङ्गलवार बैंक अफ बडोदाको सम्पत्ति लिलामीबारे नोटिसमा बयान दिन अस्वीकार गरे । उनले भने, ‘यो व्यक्तिगत कुरा भएकाले म टिप्पणी गर्न चाहन्नँ ।’
बैंक अफ बडोदाले अभिनेता र भाजपा सांसद सन्नी देओलको मुम्बईमा रहेको जुहू बंगलाको लिलामीको लागि नोटिस जारी गरेको थियो । तर भोलिपल्टै बैंकले ‘प्राविधिक कारण’ भन्दै सूचना फिर्ता लिएको थियो ।
बैंकले ५६ करोड ऋण ई–अक्सनमार्फत असुली गर्न सूचना जारी गरेको थियो । यो लिलामी अगस्ट २५ मा हुने थियो ।
बैंकले पन्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैङ्क अफ बडोदाको ५५.९९ करोड भारतीय रुपैयाँको ऋण तिर्न नसकेकोले यो सम्पत्ति ई–लिलामी गरिने बताएको थियो ।
तर, मङ्गलवार बैंकले आफ्नो नयाँ विज्ञप्तिमा ‘अजय सिंह देवल उर्फ सन्नी देओल’ को सम्पत्तिको ई–लिलामीको सूचना प्राविधिक कारणले फिर्ता लिइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मन्दिर जग्गा प्रकरण : रिता सिंह र योगेन्द्र शाहीसँग बयान लिइएन
-
अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का
-
दोलालघाटदेखि पचुवारघाटसम्म पहिलोपटक रिभर ट्यूबिङ्ग
-
तस्बिरमा यस्तो देखियो 'ऊनको स्विटर' को प्रिमियर
-
अब फिल्मी संगीतमा पनि खेम सेन्चुरी
-
कोशी प्रदेशः तीन महिनामा कारागार र ब्यारेकमा ६ जनाको मृत्यु