सन्नी देओलले जुहु बंगला लिलामी मामिलामा दिए यस्तो प्रतिक्रिया
बलिउड अभिनेता सन्नी देओलले मङ्गलवार बैंक अफ बडोदाको सम्पत्ति लिलामीबारे नोटिसमा बयान दिन अस्वीकार गरे । उनले भने, ‘यो व्यक्तिगत कुरा भएकाले म टिप्पणी गर्न चाहन्नँ ।’
बैंक अफ बडोदाले अभिनेता र भाजपा सांसद सन्नी देओलको मुम्बईमा रहेको जुहू बंगलाको लिलामीको लागि नोटिस जारी गरेको थियो । तर भोलिपल्टै बैंकले ‘प्राविधिक कारण’ भन्दै सूचना फिर्ता लिएको थियो ।
बैंकले ५६ करोड ऋण ई–अक्सनमार्फत असुली गर्न सूचना जारी गरेको थियो । यो लिलामी अगस्ट २५ मा हुने थियो ।
बैंकले पन्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैङ्क अफ बडोदाको ५५.९९ करोड भारतीय रुपैयाँको ऋण तिर्न नसकेकोले यो सम्पत्ति ई–लिलामी गरिने बताएको थियो ।
तर, मङ्गलवार बैंकले आफ्नो नयाँ विज्ञप्तिमा ‘अजय सिंह देवल उर्फ सन्नी देओल’ को सम्पत्तिको ई–लिलामीको सूचना प्राविधिक कारणले फिर्ता लिइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण